• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेप्सेमा २२.६५ अंकको वृद्धि

    1.2K
    SHARES



    काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा सोमबार (आज) १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ ।

    दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा भने बढेर बन्द भएको हो । बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।

    व्यापार उपसूचक सर्वाधिक ४.६६ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक २.२१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि भएको छ ।

    नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार १ अर्ब ७ करोडमा सीमित भएको कारोबार सोमबार वृद्धि भएको छ । सोमबार बजारमा २९ हजार २ सय ८२ वटा कारोबारमा ५२ लाख ५५ हजार ०८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८६ लाखको कारोबार भएको छ ।

    सोमबार नेप्सेमा कारोबार भएकोमध्ये आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६४ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड २० लाख, सिटिजन्स बैंकको संस्थापक सेयर ५ करोड ८५ लाख रुपैयाँ र शिवम् सिमेन्टको सेयर ४ करोड १४ लाखको कारोबार भएको छ ।

    नेप्सेमा सोमबार कुल २१४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । साथै ३३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया