• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ११ हजार कर्मचारी हटाउँदै मेटा कम्पनी, यस्तो छ जुकरबर्गको भनाई

    1.1K
    SHARES

    काठमाडौँ। फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाले १० हजार कर्मचारी कटौतीगदै छ ।

    मेटाले ५ महिना भित्रमा कर्मचारी कटौती गर्न लागेको यो दोस्रो पटक हो । गत नोभेम्बरमा उसले ११ हजार कर्मचारीलाई कामबाट निकालेको थियो ।

    मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई पठाएको सूचनामा सन् २०२२ मा कम्पनीको आम्दानी घटेको र अहिले स्थिति झनै खराब भएकाले आफूले यस्तो निर्णय गर्नु परेको बताए ।

    अमेरिकामा बढेको ब्याज दर, विश्वव्यापी भूराजनीतिक अस्थिरतालगायतका कारणले मेटाको आम्दानी घटेको उनले बताएका छन् । ‘हामीले यस्तो आर्थिक स्थिति अझै धेरै समयसम्म रहने संभावनालाई मध्य नजर गरेर आवश्यक तयारी गर्नुपर्छ,’ जुकरबर्गले भनेका छन् ।

    गुगल, अमेजन लगायतका मेटाका प्रतिस्पर्धी कम्पनीहरुले प्रतिस्पर्धाका लागि लागत कटौती गर्न भन्दै कर्मचारी घटाउन थालेका छन् ।

    अमेजनले यो वर्षको सुरुमै १८ हजार कर्मचारी कटौती गरेको थियो भने गुगलको मातृ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी हटाएको थियो ।

    एक अध्ययन अनुसार सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विश्वभरका कम्पनीहरुमा पछिल्लो साढे २ महिनामा १ लाख २८ हजार जनाले रोजगारी गुमाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ