• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेप्से परिसूचकमा सामान्य सुधार, कतिको भयो कारोबार ?

    1.3K
    SHARES

    काठमाडौँ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबार समयदेखि उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक अन्तिम समयसम्म आइपुग्दा १.८५ अंकले बढेर बन्द भयो ।

    आज नेप्से परिसूचक १९५० अंकबाट सुरु भएको थियो । जबकि, ०.०९ प्रतिशतको वृद्धिसँगै १९५३ अंकमा पुगेर रोकिएको छ । यस क्रममा आज १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ३३ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

    परिसूचकमा सामान्य वृद्धि आए पनि आज १ सय २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको भने स्थिर रहेको छ ।

    आज ३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । युनिक नेपाल लघुवित्त, शुभम पावर र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

    आज कारोबार भएका १३ वटामध्ये ५ वटा समूहमा गिरावट आएको छ । बैंक, उत्पादनमूलक, लघुवित्त, म्यूचुअल फन्ड र व्यापार समूहका सूचक घटेका छन् । यसबाहेक अन्य सबै समूहका सूचकमा सुधार देखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ