News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विजनेश

७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब रेमिट्यान्स

286
SHARES


काठमाडौँ । चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आइतबार ७ महिना (साउन-माघ) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको बताएको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बढी रहेको छ । अघिल्लो वर्षको माघ मसान्तसम्ममा ४.४ प्रतिशतले रेमिट्यान्समा गिरावट आएको थियो ।

अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको केन्द्रीय बैङ्कले जनाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७ सय ६७ पुगेको जनाको  छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १लाख ६७ हजार ७ सय ८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २ सय ६५.९ प्रतिशतले बढेको थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया