• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

    1.5K
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्वेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी एण्ड सेल्वेज) बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ ।

    सम्झौतापत्रमा सेल्सबेरीका अध्यक्ष सुशीलमान प्रधानाङ्ग र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार सेल्वेज क्यास एण्ड क्यारी प्रालिसँग आवद्ध सेल्सबेरी ७ सेल्वेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यम जस्तै क्यूआर वा पीओएस मेसिन मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन् ।

    यसै बीच बैंकले हरेक हप्ताको सोमबारका लागि ‘मन्डे मेडनेस’ योजना सञ्चालन गरी रहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएस वा ‘ई–कम’ बाट पेमेन्ट गर्दा २३ प्रतिशत वा रु. १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुट पाउनेछन् ।

    यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्ड बाट गरिएका कारोबारमा मात्र लागु हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ