• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज विदेशी मुद्राको विनिमयदर

    2.2K
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १ सय ३१.४५ रुपैयाँ र खरिददर १३०.८५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ ।

    केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो । यस्तै, आज एक युरोको बिक्री मूल्य १सय ३९.७८ रुपैयाँ र खरिद मूल्य १सय३९.१५ रुपैयाँ छ भने बेलायती पाउण्डको बिक्री मूल्य १सय ५८.(२९ रुपैयाँ र खरिदमूल्य १सय ५७.५६ रुपैयाँ कायम छ । १ स्वीक फ्र्यांकको बिक्रीमूल्य १सय ४०.४४ रुपैयाँ रहँदा खरिदमूल्य १सय ३९.८० रुपैयाँ कायम छ ।

    एक अष्ट्रेलियन डलरको बिक्रीदर ८८.९८ रुपैयाँ र खरिददर ८८.५७ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ९७.७९ रुपैयाँ र खरिददर ९७.३४ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्रीदर ९.६७ रुपैयाँ र खरिददर ९.६३ रुपैयाँ कायम छ भने चिनियाँ युवानको बिक्रीदर १९.०३ र खरिददर १८.९४ रुपैयाँ छ ।

    साउदी रियालको बिक्रीदर ३५.०२ र खरिददर ३४.८६ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३५.८९ रुपैयाँ र खरिददर ३५.७२ रपैयाँ छ ।

    यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३५.७९ रुपैयाँ र खरिददर ३५.६२ रुपैयाँ छ भने कोरियन १०० वनको बिक्रीदर १०.१४ रुपैयाँ र खरिददर १०.१० रुपैयाँ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ