News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गीत-सङ्गीत

बद्री पंगेनीको ‘पैसा सापटी’ गीत सार्बजनिक

1.5K
SHARES


काठमाडौं । गायक बद्री पंगेनीले आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर ‘पैसा सापटी’ बोलको नयाँ गीत ल्याएका छन् ।

करीव १७ मिनेट लामो म्युजिक भिडिओको शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर चित्रण गरिएको छ ।

सयौं मर्मस्पर्शी र कालजयी लोकगीत गाएका कलाकार पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् ।

पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा बद्रीले सरल ढंगले प्रस्तुत गरेका छन् । बुधवार अपरान्ह रिलिज भएको म्युजिक भिडिओ पाँच घण्टामा बिसहजार भन्दा बढीले हेरिसकेका थिए ।

पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक कुरालाई गीतमा उतारिएको छ ।

पैसा सापटी दिनेहरु उल्टै प्रहरी फन्दामा परेका घटनालाई पनि यो म्युजिक भिडिओमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएका आम घटनाहरु गीत गायक गायिका र कलाकारले उत्कृष्ट ढंगले प्रसतुत गरेका छन् ।

गीतको शुरुमै भनिएको छ,

एक महिनालाई सापटी माग्यो

एक वर्ष भो कता भाग्यो

सापटी नदिए आफन्ती टाढा

सापटी दिँदा बिग्रियो सारा

गीतको अन्त्यमा बद्री पंगेनीले भनेका छन्- आर्थिक लेनदेनमा इमानदारीता भएन भने यस्ता गितहरुको सृजना हुने गर्दछ

बद्री पंगेनी र रचना रिमालले गाएको यो यथार्थ प्रक गीतमा सागर लम्साल बले,अनु रेग्मी,नन्दा बस्याललगायतका कलाकारले सापटी लिने र दिनेको वास्तविक अभिनय गरेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया