• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेप्सेमा गिरावट

    1.3K
    SHARES



    काठमाडौँ। मंगलबार (आज ) नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.६१ अंकले ओरालो लागेर दुई हजार १९.९३ अंकमा सीमित भएको छ ।

    यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.०८ अंकले ओरालो लागेर ३ सय ८१.९३ मा सीमित भएको छ ।

    कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

    कारोबार भएकामध्ये ८८ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय १८ कम्पनीको भने ओरालो लागेको जनाइएको छ ।

    यस्तै, १० उपसमूहको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । कुल ३९ लाख ४६ हजार २४ कित्ता सेयर १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ मूल्यमा खरिद-बिक्री भएको छ ।

    कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ बराबरको कारोबार भयो ।

    यस्तै, शिवम् सिमेन्ट रु. ६ करोड ५० लाख ६९ हजार नौ सय ८९, सानिमा माई हाइड्रोपावर रु. ६ करोड ४६ लाख १३ हजार नौ सय ७७, नेपाल पूर्वाधार बैंक रु. तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ र हिमालयन डिस्टिलरी रु. तीन करोड ४४ लाख ६० हजार आठ सय १९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया