• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो

    1.1K
    SHARES



    काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार(आज) ५७.७४ अंकले गिरावट आएको हो ।

    राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

    आज ४० भन्दा बढी लघुवित्त कम्पनीहरूको शेयर नकारात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९५ अंकले, फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अंकले घटेको छ ।

    आज कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । हिजोको तुलनामा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।

    आज नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरूको शेयर मूल्य उच्च दरले घटेको छ । लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ ।

    यस्तै, जी-२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् । नेपाल सदस्य राष्ट्र नभएपनि अ ध्यक्ष राष्ट्र भारतको निमन्त्रणमा अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागीता जनाउन भारत गएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया