• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेप्से ३३.५७ अंकले बढ्यो, कारोबार रकम भने १ अर्ब ८० करोडमा सिमित

    1K
    SHARES



    काठमाडौं । आज (बुधबार) नेप्से परिसुचक ३३.५७ अंकले बढेर २०८०.३८ अंकमा बन्द भएको छ । पछिल्लो केही दिन यता लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने १.६४ प्रतिशतले बढेको हो ।

    बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने १ अर्ब ८० करोडमा सिमित भएको छ । सोमबार नेप्सेमा १ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेको हो ।

    बुधबार नेप्सेमा हिमालयन डिस्टिलरीको १३ करोडको कारोबार हुँदा जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख र ग्लोबल आईएमई बैंकको ४ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    त्यस्तै, बुधबार लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२५ प्रतिशतले बढेको छ ।

    नेप्सेमा बुधबार २ सय १७ कम्पनीको सेयर कारोबार भएकोमा १ सय ६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ४९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

    जमध्ये लिवर्टी इनर्जीको सेयरमूल्य ९.८० प्रतिशतले वृद्धि हुँदा छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य ९.५६ प्रतिशत र दोर्दी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको हो ।

    यसैगरी, आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७.८५ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ६.९९ प्रतिशतले गिरावट भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया