काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ ।
आजको कारोबार भाउ निर्धारण गर्दै महासङ्घले सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ कायम छ ।
प्रतिक्रिया