• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    फेरि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    1.2K
    SHARES



    काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) आज  नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ ।

    अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । यस्तै, गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज १२ सय ९० रुपैँयामा कारोबार भईरहेको छ ।

    महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ