News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विजनेश

नेप्सेमा १३ अंकको गिरावट

619
SHARES


काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३.९० अंकको गिरावट आएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो ।

त्यस्तै नेप्से परिसूचक २०९१ अंकमा आएर रोकिएको छ । आज १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन ४८ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ इण्डेक्स ०.७६ अंक घटेको छ ।

आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १७६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, यस दिन अरुण काबेली पावरको करिब साढे ५ करोडको शेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंकको साढे ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

त्यसैगरी, आज विजय लघुवित्त र महुली लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया