• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेप्सेमा १६ अंकको गिरावट, कतिको भयो कारोबार ?

    1.4K
    SHARES



    काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६.४० अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयमा २१०५ अंकमा आएर रोकिएको हो । यो ०.७७ प्रतिशतको गिरावट हो ।

    आज नेप्सेको कारोबार २१२२ अंकबाट सुरु भएको थियो भने कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयमा केहि सुधार देखिएको हो । अन्यथा, परिसूचक २ हजार १ सय अंकमा आएर रोकिने देखाएको थियो ।

    परिसूचक घट्दा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसक्रममा आज ४६ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको छ ।

    नेप्से परिसूचक घटेपनि ४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको घटेको छ । यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया