• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने

    1.3K
    SHARES



    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताए ।

    उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका हुन् । धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलको भनाइ छ ।

    बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनले बताएका हुन् ।

    यस्तै भारतीय सेनाका स्थल सेनाअध्यक्ष मनोज पाण्डे नेपाल आउने भएका छन् । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

    नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् ।

    यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला मानार्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए ।

    नेपाल र भारतका सेना अध्यक्षहरू एक अर्का देशका मानार्थ सेनापति हुने परम्परा रहँदै आएको छ । सो पदवी लिन उनि यसअघि नेपाल आएका थिए । उनका अनुसार ११ जना भारतीय सेनाको प्रमुख पनि नेपाल आउनलागेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ