• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    एकता नहुदै माओवादीलाई लाग्यो ठुलो झट्का, ५ सय नेता-कार्यकर्ताद्वारा पार्टी परित्याग, हेर्नुहोस् विस्तृतमा

    20.2K
    SHARES



    सुर्खेत, ३ बैशाख ।

    एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने भएपछि माओवादी केन्द्रमा बिद्रोह हुन सुरु गरेको छ । माओवादीले एमालेसंग आत्मसमर्पण गरेको भन्दै माओवादी केन्द्रका नेता-कार्यकर्ताले पार्टी परित्याग गरेको बताएका छन्।

    माओवादी जनयुद्धकोको मूल मर्म अनुसार नेपाली क्रान्तिलाई अगाडी बढाउनुपर्नेमा माओवादी केन्द्रको नेतृत्व उल्टो संसदीय राजनीतिक भासमा फसेको र एमालेसँग मिलेर शहिदहरुको सपनामाथि खेलवाड गरेको उनीहरुको आरोप छ ।

    पार्टी परित्याग गर्नेहरुले माओवादीको मूल नेतृत्व प्रचण्डमा गम्भीर बिचलन आएका कारण माओवादी आन्दोलन छिन्नभिन्न भएको र पार्टीलाई एमालेमा बिलय गराउने निर्णयमा पुगेको उनीहरुको ठहर छ ।

    प्रचण्डले घोर दक्षिणपन्थी धारको एमालेसँग पार्टी एकीकरण गरेर नेपाली क्रान्तिको अवसान गर्ने बाटो रोजेको भन्दै उनीहरुले बाँकी रहेको क्रान्तिलाई पुरा गर्न नयाँ पहलकदमी लिने क्रान्तिकारी पार्टीमा आबद्ध हुने उदेश्यले माके परित्याग गरेको पनि बताएका छन्

    माके परित्याग गरेका नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। एमाले र माओवादीले पार्टी एकता गर्ने घोषणा गरेको अघिल्लो दिन मात्रै माओवादी केन्द्रका करिब पाँच सय नेता कार्यकर्ताले नेकपामा प्रवेश गरेका हुन् ।

    नेकपाको कर्णाली व्यूरोले संचालन गरेको ‘एकीकृत जनजागरण अभियान’को क्रममा कर्णालीका कालिकोट, जुम्ला र मुगुमा अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहर चलेको हो ।

    कालिकोटबाट ३ सय २०, जुम्मामा १८० र मुगुबाट १ सय २३ जनाले नेकपामा प्रवेश गरेका छन् । उनीहरु फाटफुट एमाले, जनमोर्चा, मालेका कार्यकर्ता भएपनि करिब पाँच जति माओवादी केन्द्रका नेता-कार्यकर्ता भएको नेकपा कर्णाली ब्यूरोले जनाएको छ ।

    नवप्रवेशीहरूलाई नेकपाका जिल्ला नेताहरुले स्वागत गरेका थिए । उनीहरुले पार्टीका महासचिवले शुभकामना तथा बधाई सन्देश पठाएको समेत बताएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ