• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सूचनाको हकले सुशासन कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    1.1K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्डले ‘ जति धेरै जनतामा सूचनाको हक प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताए ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् ।

    यस अवसरमा प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाको हकबारे केही महत्त्वपूर्ण योगदान गरेको स्मरण पनि गरे ।

    ‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ ।

    जतिधेरै जनता सुसूचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगति रोकथाम गर्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भने ।

    यस्तै उनले जनताको सूचनाको हक स्थापित र प्रवर्द्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहिनता हटाउन सकिने भन्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनुपर्ने बताएका थिए ।

    ‘जतिधेरै सूचना सम्प्रेषण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो त्यतिधेरै सुशासन कायम हुन्छ र त्यसले एउटा देश विकासको वातावरण बन्छ, ’ प्रधानमन्त्री दाहालले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ