• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    स्थानीय र प्रदेश सरकारलाई २० प्रतिशत खर्च घाटाउन अर्थमन्त्रालयको आग्रह

    2K
    SHARES



    काठमाडौँ। अर्थ मन्त्रालयद्वारा स्थानीय र प्रदेश सरकारलाई आफ्नो खर्चमा कम्तीमा २० प्रतिशत खर्च कटौती गर्न आग्रह गरेको छ । मंगलबार साँझ मन्त्रालयले विज्ञप्ति जारी गर्दै संघीय सरकारले जस्तै बजेट कटौती गर्न भनेको हो ।

    ‘चालु तर्फको खर्चमा अति आवश्यक बाहेक न्युनतम २० प्रतिशत कटौती गर्न प्रदेश तथा स्थानीय तहहरुलाई पनि अनुरोध गर्ने’ अर्थ मन्त्रालयले बताएको छ ।

    सरकारले आर्थिक वर्ष २०७९/८० का लागि वित्तीय समानिकरणतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड रुपैयाँ र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । साथै, पूर्वाधार आयोजनाको समपुरक बजेटतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड रुपैयाँ र स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    त्यसैगरी विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड तथा राजस्व बाँडफाँटतर्फ प्रदेश र स्थानीय तहलाई १ खर्ब ६३ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले मंगलबार संघीयमा पनि २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको छ ।

    सरकारले घट्दो वैदेशिक मुद्रा सञ्चितीलाई ध्यानमा राख्दै विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा अर्थतन्त्र संकुचित भएको बताए । सरकारले कोभिड १९ र रुस युक्रेनको युद्धको कारण आपूर्ति श्रृंखलामा प्रतिकूल प्रभाव र बाह्र क्षेत्रमा परेको चाप व्यवस्था गर्न गरिएको पैठारी कटौती गर्न गरिएको पूर्ण बन्देजको निर्माणपछि देशभित्रको आर्थिक गतिविधि संकुचन हुन गएको कारण यस्तो निर्णय गर्नु परेको बिजिप्तिमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ