काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार उच्च अंकले नेप्से परिसूचकमा गिरावट आएको छ ।
पछिल्लो समय सेयरबजार निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेसँगै केही लासमतेको सेयरबजार फेरि राताम्मे भएर घट्न थालेको हो ।
साताको दोस्रो दिन सोमबार ४१.१६ अंकले घटेर २१२७.३७ बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार आइतबार १४ अंकले घटेको सेयरबजार सोमबार भने झन् ठूलो अंकले घटेको हो ।
८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २३ रूपैयाँको कारोबार भएको छ । सोमबार ९ कम्पनीको सेयर बढेको छ भने २०४ कम्पनीको सेयर घटेको छ ।
आइतबारको तुलनामा सोमबार भने कारोबार रकममा केही वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्सेका तीन वटै उपसूचक घटेका छन् ।
सेन्सेटिभ सूचक ७.३३ अंक, फ्लोट सूचक २.८६ अंक र सेन्सेटिभ फ्लोट सूचक भने २.५९ अंकले घटेको छ । नेप्सेका १३ वटा उपसूचकमध्ये सोमबार १३ वटै उपसूचक घटेर राताम्मे भए ।
निर्जीवन बीमा तर्फको सूचक २७०.१३ अंक, होटल तथा पर्यटनतर्फको उपसूचक १२१.९८ अंक, जीवन बिमातर्फको उपसूचक १२१.५४ अंक, विकास बैंकतर्फको उपसूचक ९५.४३ अंकले घटेको छ ।
साताको पहिलो कारोबारका दिन आइतबार ८२ लाख ७६ हजार ७ सय ५१ कम्पनीको सेयर किनबेच हुँदा तीन अर्ब १ करोड ७० लाख ६३ हजार ९ सय ५६ रूपैयाँको कारोबार भयो । आइतबार नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा झरेको छ ।
प्रतिक्रिया