• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेपालमा बढ्यो विद्युतीय गाडीको आयात

    1.6K
    SHARES

    काठमाडौँ। नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्बमा झरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गएको मंसिर मसान्तसम्म आन्तरिक र बाह्यगरी नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड झरेको हो ।

    गएको असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड थियो । मंसिरसम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार प्रतिव्यक्तिमा भाग लगाउने हो भने ६८ हजार ७५५ पर्न आउँछ ।

    गएको असारभन्दा मंसिरमा सार्वजनिक ऋण कम हुनुको कारण पहिलो चौमासिकमा सरकारले गरेको सावाँ-ब्याज भुक्तानी तथा आर्थिक वर्षमा लक्ष्यअनुसार ऋण प्राप्ति भइनसक्नु हो ।

    मंसिरसम्म सरकारले सावाँ र ब्याजमा झण्डै पौने खर्ब रुपैयाँ भुक्तानी गरेको छ । यसैबीच गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात साउनदेखि पौषसम्ममा विद्युतीय गाडी आयात ५० दशमलव ८८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ