• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धुर्मुस सुन्तली फाउन्डेसनको बिजुली काट्न प्राधिकरणको निर्देशन

    1.8K
    SHARES



    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने भएको छ ।

    चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको हो ।

    पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुलीमा गर्न अनुरोध गरिएको छ । फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी रहेको छ । पत्रमा ६ महिनादेखि फाउन्डेसन सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

    ७ महिनाअघि फाउन्डेसनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको थियो । तर, फाउन्डेसनले बक्यौता नतिरेपछि ६ महिनाअघि रंगशालाको लाइन पनि काटिएको थियो ।

    भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पटक-पटक ताकेता गर्दा पनि फाउन्डेसनका सञ्चालक र पदाधिकारी सम्पर्कमा नआएकाले फाउन्डेसनका सबै कार्यालयहरुमा लाइन काट्न लागिएको बताउँछन् । ‘हामीलाई बक्यौता उठाउनुपर्ने कानुनी दबाब छ, हामी बाध्य छौं,उनले भने, ‘विधिअनुसार नै लाइन काटेर बक्यौता असुल्छौं ।’

    धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माणका क्रममा करिब १८ करोड ऋण लागेको भन्दै परियोजनाबाट हात झिकेको छ ।

    यस्तो ऋण तिर्ने कानुनी व्यवस्था नभएपछि सरकारले परियोजना जिम्मा लिएर निर्माण अघि बढाउने योजना समेत अलपत्र परेको छ ।

    यस्तै, रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ-तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिएका छन् ।

    उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा आगामी आगामी विसं २०८१ सम्ममा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ