• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    आकासियो सुनको भाउ, तोलामा १ लाख ५ हजार नाघ्‍यो

    403
    SHARES


    काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ सय मा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबारको तुलनामा साेमबार चाँदी तोलामा ५ रुपैयाँ बढेको हो । साेमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचांदी ब्याबसायी महासंगले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया