• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखरा विमान दुर्घटना : २४ जनाको पोखरा र ४५ जनाको शव काठमाडौँमा पोष्टमार्टम गरिने

    1.5K
    SHARES



    पोखरा । पोखरा पुगेको विशेषज्ञ टोलीले शव परीक्षण गर्न नसकिने भएपछि ४५ जनाको शव काठमाडौँ लग्ने निर्णय गरेको छ । शव पहिचान र परीक्षणका लागि विशेष टोलीको निर्णयअनुसार २४ जनाको शवको पोखरामै गरिने भएको हो ।

    आइतबार यती एअरलाइन्सको ‘एन-एएनसी’ विमान सेती खोँचमा खसेको थियो । दुर्घटनामा ६९ जनाको शव भेटिएको छ । ३४ जनाको सनाखत भएको भएपनि १० जनाको काठमाडौँ लगेर पोष्टमार्टम गरिने स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

    विदेशीहरूको शव पहिचान भएपनि पोखरामा गरेको नहुँदा काठमाडौँ लैजानुपरेको भारतबाट शव लिन आइपुगेका एक आफन्तले बताए । प्रतिष्ठानका अनुसार त्रिभुवन पौडेल, निशान्त आचार्य, जीवनकला गुरुङ, प्रसिद्धि पौडेल, पुजन राना, पूर्णबहादुर गुरुङ, अरुण पौडेल, संगिता शाही, सदाकत अलिमिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, समिन गुरुङ, शालिकराम आचार्य, डा. गनेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सन्दिप श्रेष्ठ, अनुशा गुरुङ, शिवकुमार गुरुङ र सविर्ण श्रेष्ठको शव पोखरामै परीक्षण गरिने छ ।

    त्यस्तै पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।

    सोमबार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । क्याबिन क्रु एशोसिएसन अफ नेपाल एयरलाइन्सले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो ।

    आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

    ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ ।​ मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान अझै  खुल्न सकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया