• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

    2.2K
    SHARES



    काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज (पुस २९ गते) शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

    उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै २०७९/८० को लागि एसएआर एशोसिएट्स लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले २०७८/७९ मा १.६८ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

    यस्तै यही अवधिमा बैंकको कुल निक्षेप १५०.१० अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा १३१.२७ अर्ब रुपैयाँ पुगेको छ । साथै गत आर्थिक वर्षमा बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्धि गरी २४.१३ अर्ब रुपैयाँ पुर्‍याएको छ भने बैंकको निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ ।

    पहिलोपटक काठमाडौंमा आयोजना भएको बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरूको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित समते गरेको छ ।

    उक्त साधारणसभामा बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथाशक्य योगदान पुर्‍याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योगलगायत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरूलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए।

    साथै उनले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिअनुरूप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकरी गराउँदै बैंक सधैँ मिनिङफुल मर्जरका लागि सकारात्मक रहेको र सोहीबमोजिम छलफलहरू गर्दै आइरहेको जानकारी गराए ।

    त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटीएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाखभन्दा बढी ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनीय सेवा प्रदान गरिरहेको जानकारी गराए ।

    साथै उनले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न बैंक निरन्तर लागिपरिहेको बताए । उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ