काठमाडौँ। नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ५६ पैसा र बिक्री दर १३१ रूपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ २३ पैसा र बिक्री दर १४० रूपैयाँ ८८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९७ पैसा र बिक्री दर १५९ रूपैयाँ ८८ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
प्रतिक्रिया