• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    यस आर्थिक वर्षकै उच्च बिन्दुमा नेप्से

    1.5K
    SHARES



    काठमाडौं । नयाँ सरकार गठनसँगै निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार परिसूचक यस आर्थिक वर्षकै उच्च बिन्दुमा पुगेको छ ।

    १० जेठ २०७९ मा २२१७.१९ अंकमा बन्द भएको नेप्से सोमबार त्यसयताकै उच्च बिदुमा पुगेको हो । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ४७.१७ अंकले वृद्धि हुँँदा २२११.७६ अंकमा बन्द भयो ।

    सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । गत बिहीबार ५ अर्ब माथिको कारोबार भएको बजारमा लगातार तेस्रो कारोबार दिन पनि ५ अर्ब माथिको कारोबार भएको छ ।

    निक्षेपमा वृद्धि भएपनि बैंकमा लगानी गर्ने विश्वासिलो वातावरण नभएको भन्दै कर्जा लगानी हुँदा बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको छ । निजी क्षेत्रले राष्ट्र बैंकलाई नीतिगत दर घटाउन लगातार दबाब दिंदै गर्दा माघदेखि निक्षेपको ब्याजदर पनि घट्ने अपेक्षा लगानीकर्ताले लिएका छन् । तरलता सहज बन्दै गएको र ब्याजदर घट्ने अपेक्षा तथा चालुपूँजी कर्जा मागर्दशर्नमा भएको संशोधनले सेयर लगानीकर्ताको मनोबल बढेको छ ।

    सोमबार नेप्सेमा कुल ५ अर्ब ३१ करोड ४३ लाख ८ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको सर्वाधिक २० करोड ६८ लाख १७ हजारको कारोबार भएको छ । त्यस्तै ङ्याली ग्रुप पावरको १६ करोड ९६ लाख ९९ हजार र एनआईसी एशिया बैंकको १६ करोड ७८ लाख ६७ हजारको कारोबार भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया