• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले पर्सिदेखि एकीकृत कारोबार सुरु गर्दै

    2.3K
    SHARES



    काठमाण्डाै। ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जरप्रश्चात यही २५ गतेदेखि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो । नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ ।

    बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आज शनिवार र भाेलि आइतवार २ दिन ग्लोबल आईएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहने छ । तर यस अवधिमा बैंकको माेबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटीएम तथा एजेण्टमार्फत् हुने रेमिटयान्स् सेवा भने यथावत् सञ्चालनमा रहने बैंकले जनाएकाे छ ।

    मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५ दशमलव ७७ अर्ब, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ