काठमाडौं । सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारका यो मूल्य एस बर्षकै उच्च हो ।
आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ ।
यस्तै तेजावी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।
प्रतिक्रिया