• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

एनसेलले घटायो पेएजयूगो भ्वाइस कल शुल्क

3.2K
SHARES



काठमाडौं। एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन पाउने छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ ।

प्रिपेड ग्राहककालागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात पेएजयूगोको नयाँ महसुल दर आज आइतबार (पुस १७) देखि लागू ह्हुने भएको छ । यस अघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक रु १.९९ शुल्क रहेको थियो ।

यो नयाँ शुल्क लागु भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर कर सहित प्रति मिनेट मात्र रु २.०५ मा कल गर्न सक्छन् । यस अघि यो शुल्क कर सहित रु २ं.५२ रहेको थियो ।

ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन-नेट र अफ-नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले बताएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेका एनसेलको भनाइ छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ