• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

बैक-विमा विजनेश

नबिल बैंकले ल्यायो ‘ढुक्क मुद्दती खाता’

5.1K
SHARES



काठमाडौँ । नबिल बैंकले ढुक्क मुद्दती खाता सञ्चालनमा ल्याएको छ । नबिल ढुक्क मुद्दती खाताअन्तर्गत ग्राहकले जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बरदेखि दश गुणासम्म प्राप्त गर्न सक्नेछन् ।

यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत् प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले ३ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ