• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश

    ‘नबिललाई अझ सशक्त नबिल बनाउनेछौँ’ : सीइओ ढुंगाना

    5.3K
    SHARES



    काठमाडौँ । नबिल बैंक लिमिटेडका नवनियुक्त सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैंक लिमिटेडलाई अझ सशक्त बनाउने बताएका छन् ।

    एकिकृत कारोबार सुरु भएकै दिन काठमाडौँस्थित हायात रिजेन्सीमा आयोजित कार्यक्रममा सीइओ ढुंगानाले यस्तो बताएका हुन् ।

    नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरिसकेपछि बनेको नबिल बैंक लिमिटेडले निक्षेप, कर्जा, लगायतका सूचांकहरुमा सबैभन्दा अब्बल हुनेगरी अगाडी बढ्ने उनको भनाई छ ।

    नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि धेरै कुरामा नबिल बैंक अझै अब्बल बनेको बताउँदै उनले नबिलको ब्राण्डलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका हुन् ।

    कार्यक्रममा बोल्दै उनले प्राप्ति प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।
    नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेपछि नबिल बैंक लिमिटेडका नामबाट आज एकिकृत कारोबार सुरु भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया