• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत मनोरञ्जन

    इन्दिरा जोशीले ल्याइन् ‘पछ्यौरी’, भिडियोमा छ यस्तो रोमान्टिक शैली

    5.3K
    SHARES

    काठमाडौं । गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छन् । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी उनले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

    गीतमा इन्दिराकै स्वर, शब्द र संगीत रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन् । रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयं र निराजन प्रधान फिचर्ड छन् । भिडियोको निर्देशक प्रवीण सिंह हुन् ।

    हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् । केही समयअघि वैवाहिक जीवनमा बाँधिएकी इन्दिराको विवाहपछिको यो पहिलो गीत हो । गीत सार्वजनिक कार्यक्रममा उनका पति शरद केडिया पनि उपस्थित थिए । कार्यक्रममा इन्दिरा विवाहित ‘लुक्स’मा उपस्थित थिइन् ।

    दरबारमार्गस्थित क्युज सिनेमाजमा आयोजित कार्यक्रममा संगीतकार न्ह्यूँ बज्राचार्य, जेम्स प्रधान, साहित्यकार विप्लव प्रतीक, अभिनेता प्रशान्त ताम्राकार लगायत उपस्थित थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया