• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    अन्तिम संस्कार गर्दै गर्दा ब्युँझिइन् महिला

    5.3K
    SHARES

    अन्तिम संस्कारका लागि लैजादैँ गर्दा कोही व्यक्ति उठेको भन्ने खबर तपाईंले कहिलेकाँही सुन्नुभएको छ होला । करिब एक महिना अघि पेरुमा पनि यस्तै घटना भएको छ । त्यहाँ एक महिला आफ्नो अन्तिम संस्कार हुँदै गर्दा ब्यूँझिइन् ।

    ३६ वर्षकी रोसा इसाबेला सेस्पेडेस कैलाका एक भयानक कार दुर्घटनाको शिकार भइन् । २५ अप्रिलमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । दुर्घटनाका बेला उनी टाउको टेकेर भुइँमा लडेकी थिइन् जसका कारण उनको दिमागमा गम्भीर चोट लागेको थियो ।

    जानकारीका अनुसार २६ अप्रिलमा उनको अन्तिम संस्कारको तयारी भइरहेको थियो । उनलाई कफिनमा राखेर समाधिस्थल लगिँदै थियो । त्यति नै बेला उनको परिवारका एकजना सदस्यले महिलाले आफ्नो आँखा खोलेको देखे । उनलाई पसिना आइरहेको थियो । त्यसपछि समाधिस्थलका प्रबन्धकले तुरुन्त प्रहरीलाई खबर गरे ।

    रोसा इसाबेलालाई कफिनमै राखेर तुरुन्त अस्पताल लगियो । डाक्टरले रोसा इसाबेलमा जीवनको लक्षण देखिएको बताए । महिलाका परिवारले यस्तो कसरी भयो भनेर अनुसन्धानको माग गरिरहेका थिए । उनीहरुले रोसा कोमामा गएको हुनसक्ने पनि बताए ।

    यद्यपि, यस्तो हुनुका धेरै कारण हुनसक्छ । मृत्युपछि परेलामा पनि थुप्रै हलचल देखिन्छ । मृत शरीरमा पनि विभिन्न परिवर्तन हुनसक्छ जुन तपाईं सोच्न पनि सक्नुुहुन्नँ । यस्तो विशेषगरी पीडादायी मृत्युपछि हुने गर्छ ।

    मृत्युका बेला मुटु लामो समयदेखि धड्किन बन्द गरेकै हुनुपर्छ भन्ने छैन । वास्तवमा मृत्युपछि थुप्रै जैविक प्रक्रिया जारी रहनु असामान्य हो । मानिसको शरीर हरेक दिन केही बढी सिकिरहेको छ । त्यसैले ‘मृत’ एक रिलेटिभ टर्म हो र यो साँचो हो कि हामीले यसलाई पूर्ण रुपमा बुझ्न सकेका छैनौँ ।

    रोसामाथि जे जति भयो, त्यो त्यतिबेला हुन्छ जब दिमागको मृत्यु हुन्छ तर अन्य अंगले काम गरिरहेका हुन्छन् । सन् १९९८ मा एक शोध गरिएको थियो जसमा करिब १७५ घटना भेटिएका थिए जहाँ ब्रेन डेड भएपछि एक हप्ताभन्दा बढी समयसम्म शरीरले काम गरिरहेको थियो ।

    यो घटनाको कारण जे भए पनि यो कहानीको अन्त्य सुखद थिएन । रिपोर्टमा बताइए अनुसार रोसलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको ब्लड अक्सिजन लेभललाई मोनिटर गरिँदै थियो । तर केही घण्टाभित्रै उनलाई पुनः दोस्रो पटक मृत घोषित गरियो र यो अन्तिम पटक थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ