• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्पोरेट विजनेश

    माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको डेबिट कार्डको सुरुवात

    3.6K
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विधुत प्राधिकरण रत्नपार्कको प्राङ्गणमा भएको हो ।

    सोही कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द« बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धकसर्जु कुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका हुन् ।

    नेपाल विद्मुत प्राधिकरणका कर्मचारीहरुले स्थापना गर्नु भएको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन् । समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ्ग क्षेत्रमा मात्र सिमित नरहि सहकारीहरु पनि उक्तिकै प्राथमिकतामा राख्न थालेका छन् । अब यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ