• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    पार्टीमा देखिएका गम्भीर समस्या र समाधान

    15.2K
    SHARES


    नेपालमा हुने नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र गर्नका लागि विभित्र समयमा टुटफुटको प्रक्रियाबाट गुज्रँदै अन्ततः पुनर्गठन गरिएको हाम्रो पार्टी– नेपाल कम्युनिस्ट पार्टीमा अहिले केही गम्भीर वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक समस्याहरू देखापरेका छन् । यसप्रकारका समस्याहरूलाई कसरी बुझ्ने, कसरी व्यवहार गर्ने र कसरी निकास दिने ? यी प्रश्नहरू अहिले नेपालको क्रान्तिकारी आन्दोलनमा मात्र होइन, नेपाली राजनीतिमा समेत सार्वजनिक चासोका विषय हुन् । यी विषयमा केही नीतिगत छलफल गर्न आवश्यक छ र नेपाल कम्युनिस्ट पार्टीका हजारौँ कार्यकर्ताहरू, सहिद परिवार, घाइते–अपाङ्गहरू र नेपालमा परिवर्तनको अपेक्षा गर्ने लाखौँ नेपाली जनतालाई विषयको गम्भीरता बोध गराउन आवश्यक छ । यस सन्दर्भमा यहाँ केही प्रकाश पारिनेछ ।

    अहिले हाम्रो पार्टीभित्र देखिएको बहस
    संसदीय व्यवस्थाको चुनावमा भाग लिने वा नलिनेबाट समग्र राजनीतिक विषयहरू कार्यदिशा, कार्यनीति र कार्ययोजनाकै बारेमा प्रश्नहरू खडा हुनु कतिपय मानिसका लागि सामान्य लाग्न सक्छ तर हाम्रो पार्टीका लागि यी विषय गम्भीर छन् । केन्द्रीय समितिको बैठकमा महासचिवले प्रस्तुत गरेको प्रस्तावमा एकमतले चुनावको उपयोग नगर्ने, पार्टी दर्ता नगर्ने नीति पारित गरिसकेपछि पार्टीका कतिपय जिम्मेवार नेताहरूबाट चुनावपरस्त गतिविधि निरन्तर रूपमा देखाएकै करण यो तथ्य उजागर गर्न कुनै आनाकानी गर्न आवश्यक छैन– केन्द्रीय समितिको बाह्राैँ बैठकमा महासचिवबाट प्रस्तुत गरिएको प्रस्ताव पार्टीले चुनावको उपयोग गर्नुपर्छ भत्रे थियो । यसमा केन्द्रीय समितिमा गम्भीर रूपमा बहस भयो । अन्ततः त्यो प्रस्तुत प्रस्तावमा परिमार्जन गरेर एकमतले पारित गरियो । जसमा यो बहसलाई पार्टीभित्र अल्पमत र बहुमतका आधारमा हेरिएको हैन, त्यो विचारको बहस थियो । यो बहसमा विचारको सर्वोच्चता स्थापित भयो । विचारको सर्वोच्चताले संसद्‌वादी राजनीतिको दलदलमा नजानिँदो तरिकाले डुब्नै लागेको पार्टीलाई बचायो, पार्टीको क्रान्तिकारी राजनीतिक धरोहरको रक्षा गर्यो, पार्टीलाई संसदीय घेराबाहिर राख्यो र अहिले कुनै पनि पार्टी सदस्य, समर्थक र जनताले पार्टी संसदीय घेराभन्दा बाहिर छ भनेर शिर ठाडो गरी भत्र सक्छन्, नाक उचो बनाएर बहस गर्न सक्छन् र नीतिको उल्लङ्घन गर्नेहरूको व्यक्तिगत समस्या हो भनेर सुरक्षित हुन सक्छन् ।

    कदाचित पहिलेकै प्रस्ताव पारित गरिएको हुन्थ्यो भने र पार्टीले चुनाव उपयोग गर्ने नीति लिएको हुन्थ्यो भने त्यसले गुणात्मक रूपमा पार्टीको चरित्रमा बदलाव ल्याएको हुन्थ्यो, त्यो परिस्थितिले पार्टीलाई क्रान्तिकारी बनाइराख्ने महासिचवको पवित्र इच्छाभन्दा बाहिर एउटा माओवादी पार्टी दलाल पुँजीवादी पार्टीमा पतन हुन्थ्यो । ‘पार्टीको देशभर विस्तार गर्न, जनतासँगको सम्बन्धमा पहुँच पुर्याउन, जनता र पार्टीलाई जोड्न, क्रान्तिको तयारी पूरा गर्न चुनावको उपयोग गर्ने’ जस्ता सयाैँ सकारात्मक सदिच्छा राख्दाराख्दै पनि चुनावको उपयोग गर्ने नीतिले मालेमावादी सिद्धान्तको परित्याग गरेको हुन्थ्यो, वैज्ञानिक समाजवादी क्रान्तिको रणनीति परित्याग गरेको हुन्थ्यो, पार्टीको प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रहको तत्कालिक कार्यनीति परित्याग गरेको हुन्थ्यो, सहिद र बेपत्ता योद्धाप्रति अपमान गरेको हुन्थ्यो, सहिद परिवार र बेपत्ता परिवारप्रति विश्वासघात गरेको हुन्थ्यो र पछिल्लो चरणमा हाम्रै पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापना गर्ने विश्वासमा सहिद हुने १२ जना होनहार योद्धाप्रति अक्षम्य अपराध गरेको हुन्थ्यो, देशको राजनीतिक परिवर्तका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरूको आकाङ्क्षामाथि कुठाराघात गरेको हुन्थ्यो र समग्रमा पार्टी संसदीय राजनीतिक प्रणालीमा नजानिँदो तरिकाले प्रवेश गरिसकेको हुन्थ्यो । यथार्थमा पार्टीले संसदीय संविधान, कानुन, नियम, विधिविधानहरू स्वीकार गरेर पत्तै नपाईकन संसदीय राजनीतिमा प्रवेश गरेको हुन्थ्यो । वास्तवमा, नेपाली कम्युनिस्ट आन्दोलनमा भीषण प्रकारको वर्गसङ्घर्ष र गम्भीर प्रकारको दुई लाइन सङ्घर्षको प्रक्रियाबाट खारिएको भनिएको हाम्रोजस्तो पार्टीका नेताहरूमा चुनावी कार्यनीतिबाट क्रान्तिको तयारी गर्ने सोच पैदा हुनु र त्यसअनुसार चुनावको उपयोगका बारेमा बहस चलाउने धृष्टता गर्नु आफैँमा वैचारिक, राजनीतिक र सङ्गठनात्मक विचलनको द्योतक हुन्थ्यो ।

    अब प्रश्न कहाँ हो भने संसदीय व्यवस्थाको चुनावमा भाग लिनु वा उपयोग गर्नु के नितान्त कार्यनीति हो ? बिल्कुल होइन । चुनावमा उपयोग गर्न पार्टीलाई विश्वस्त गर्ने दुई तर्कहरू थिए– पहिलो, यो कार्यनीति भएको कारण यसमा आवश्यकताअनुसार बहिष्कार गर्न वा उपयोग गर्न सकिन्छ र दोस्रो यसमा भाग लिएपछि पार्टी कुनै पनि हालतमा संसदीय भासमा जाने छैन र क्रान्तिको बाटोमा आइनेछ । यसमा दोस्रो कुरामा कुनै शङ्का गर्ने ठाउँ बन्दैन । संसदीय चुनावमा भाग लिएपछि कोही पनि फर्कन्छ वा त्यसैमा भासिन्छ भत्रे तथ्यलाई भविष्यकै गर्भमा छाड्ने हो भने पनि नीतिगत रूपमा यो कुरा निश्चित रूपले भत्र सकिन्थ्यो– कोही पनि क्रान्तिकारी संसद्को उपयोगपश्चात् क्रान्तिको बाटोमा फर्कन सक्नेछ । त्यसअनुसार कुनै पनि नेता वा कार्यकर्तामाथि शङ्का गर्नु अन्यथा हुनसक्छ ।

    जहाँसम्म संसदीय चुनाव बहिष्कार वा उपयोग गर्नु नितान्त कार्यनीति हो भत्रे भनाइ छ, त्यसमा केही सैद्धान्तिक मान्यतामा ध्यान दिन आवश्यक हुन्छ र यथास्थितिमा संसदीय चुनाव उपयोग गर्नु सैद्धान्तिक रूपले गलत हुन्छ । यसमा कुनै पनि मार्क्सवादीलाई सामान्य ज्ञान हुने कुरा हो– एक्काईसौँ शताब्दीको साम्राज्यवाद र कम्युनिस्ट क्रान्तिको युगमा संसदीय व्यवस्थाको चुनावमा भाग लिनु सैद्धान्तिक रूपले गलत हुन्छ किनभने चुनावको प्रश्न लेनिनको परिभाषामा कार्यनीति हो तर नितान्त कार्यनीति होइन । सिद्धान्ततः यो अहिले पनि कार्यनीति हो किनकि त्यसले नेपाली क्रान्तिको रणनीति अथवा वैज्ञानिक समाजवादी क्रान्तिको सेवा गर्ने अवस्था सिर्जना गर्ने हो भने त्यसको उपयोग गर्ने कार्यनीति निश्चित रूपले सही हुनसक्छ । लेनिनले भत्रुभएको छ, ‘पार्टीको कार्यनीति भत्राले हामीले पार्टीको राजनीतिक व्यवहार वा चरित्र, राजनीतिक गतिविधिको दिशा र तरिका भत्रे बुझ्दछौँ ।’

    यसको उपयोगले पार्टीको व्यवहार र चरित्र, पार्टीको राजनीतिक गतिविधिको दिशा र तरिका वैज्ञानिक समाजवादी क्रान्तिको सेवा गर्ने, तयारी गर्ने हुन्थ्यो भने यो कार्यनीति रणनीतिसँग जोडिएको हुन्थ्यो तर अहिलेको अवस्थामा यो कार्यनीति रणनीतिबाट अलगावमा परेको हुन्छ । उल्लिखित लेनिनको भनाइलाई हामीले ठीक तरिकाले बुझ्नु आवश्यक हुन्छ । हुनत माओले कार्यनीति भनेको आवश्यकताअनुसार परिवर्तन हुने राजनीतिक क्रियाकलाप हो भत्रुभएको छ तर माओका यी दार्शनिक मान्यताहरूलाई अति सरलीकरण गर्नु अवसरवाद हुन्छ । यसप्रकारको सरलीकरणले पार्टीको नेतृत्व र सिङ्गो पार्टीलाई क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी राजनीतिबाट अलगथलग गर्छ । पार्टीको कार्यनीति जुन साँचो अर्थमा पार्टीको राजनीतिक व्यवहार वा चरित्र, राजनीतिक गतिविधिको दिशा र तरिका हुनुपर्ने हो ।

    त्यसको तात्पर्य नेपालका सन्दर्भमा जसरी दलाल पुँजीवादी व्यवस्था जनताबाट अलगथलग भएको छ जसरी यो जनताबाट घृणित र तिरष्कृत भएको छ जसरी जनताले यसको विकल्प सशक्त रूपमा माग गरिरहेका छन्, त्यसको वास्तविक समाधान दिने र क्रान्तिको जन्म दिने राजनीतिक कार्यनीति तर्जुमा गर्नु हो । के यो रणनीतिक महत्वसँग जोडिएको विषय होइन ? अवश्य पनि हो । अहिलेको संसदीय व्यवस्थामा चुनावको उपयोग गर्ने नीतिले पार्टीको राजनीतिक व्यवहार कस्तो हुन्छ ? मूलतः संसद्‌वादप्रति जनतामा बनेको घृणा, त्यसप्रति समग्र देशको वितृष्णा, त्यसप्रकारको व्यवस्थाविरुद्ध जनताको विद्रोह जसरी बनेको छ त्यसका विरुद्ध संसदीय व्यवस्थाप्रति नरमपन देखाउनु हुन्छ, यो व्यवस्थाका विरुद्ध जनताको आक्रोश र घृणा मत्थर बनाउनु हुन्छ र संसदीय व्यवस्थाको संस्थागत विकास गर्नका लागि मद्दत गर्नु हुन्छ । के यसले वैज्ञानिक समाजवादी क्रान्ति तर्जुमा गर्ने राजनीतिक गतिविधिको दिशा र तरिका मुखरित गर्छ जस्तो स्टालिनले भत्रुभएको थियो, ‘वास्तविक क्रान्तिकारी कार्यनीति पछ्याउन दुई कुरामा ध्यान दिनैपर्छ– पहिलो, त्यो कार्यनीति जनताको सामाजिक जीवनका विपरीत जानु हुँदैन, दोस्रो, त्यसले जनताको क्रान्तिकारी स्पिरिट (भावना) लाई माथिभन्दा माथि उठाउनुपर्छ ।’ बारम्बार के भनिरहन आवश्यक छैन भने अहिले नेपालको संसदीय चुनावको उपयोग गर्ने कार्यनीति न नेपाली जनताको क्रान्तिकारी सामाजिक जीवनसँग मेल खान्छ, न त समग्र नेपाली जनताको क्रान्तिकारी भावनालाई नै माथि उठाउँछ बरु, त्यसको ठीक उल्टो जनताको क्रान्तिकारी सामाजिक जीवनको विपरीत सुधारवादी, निराशावादी, पलायनवादी बाटोमा जान्छ र जनताको क्रान्तिकारी भावनालाई भुत्ते पार्छ । त्यसको बदला यो कार्यनीतिले क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी राजनीतिमा सौदाबाजी गर्न पुग्छ । जुन क्रान्तिकारीले सिद्धान्तमा सौदाबाजी गर्छ त्यो किमार्थ क्रान्तिकारी हुन सक्दैन । सिद्धान्तमा सौदावादी गर्नु क्रान्तिकारी विश्वास र मान्यतामा घात गर्नु हो, क्रान्तिकारी स्पिरिटमा आत्महत्या गर्नु हो ।

    हामीलाई लेनिनले सिकाइसक्नुभएको छ, क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति असम्भव हुन्छ । तसर्थ क्रान्तिकारी सिद्धान्त भनेको क्रान्तिको आत्मा हो । संसारका कुनै पनि देशहरूमा क्रान्तिकारी कार्यनीतिबिना क्रान्ति असम्भव छ । अथवा समाजवादी कार्यनीतिबिना समाजवादी क्रान्ति असम्भव छ । यो मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओजस्ता महान गुरुहरूले समाजवादी आन्दोलनको दिशामा हजारौँपटक दिएको सार्वभौम शिक्षा हो । यो शिक्षाको जगमा हामी सुस्पष्ट रूपमा भत्र सक्छाैँ– क्रान्ति हुनका लागि क्रान्तिकारी कार्यनीति हुन आवश्यक हुन्छ । क्रान्तिकारी कार्यनीतिका लागि क्रान्तिकारी नेतृत्व आवश्यक हुन्छ । क्रान्तिकारी नेतृत्व हुनका लागि पार्टीमा क्रान्तिकारी सिद्धान्त र राजनीतिबाट ओतप्रोत व्यक्तित्वहरू हुन आवश्यक हुन्छ । वास्तविक जीवनमा क्रान्ति किसान, मजदुर र उत्पीडित जनताको मुक्तिका लागि आवश्यक पर्ने भए पनि र केवल उनीहरूको सहभागितामा मात्र सम्पत्र हुने भए पनि सिद्धान्तनिष्ट व्यक्तिहरूको टिम र नेतृत्वबिना असम्भव हुन्छ । जब कुनै क्रान्तिकारीले मनगढन्ते, भावनात्मक, अनुभवजन्य विषयहरूलाई सिद्धान्तको जलप दिन खोज्छ तब त्यो वास्तवमा अवसरवादको दलदलमा पतन हुन पुग्छ, मनोगतवादको कुहिरोमा रुमल्लिन पुग्छ र अन्ततः त्यो उसको इच्छाभन्दा बाहिर संशोधनवादको पुच्छर समात्न पुग्छ ।

    चुनावमा भाग लिनुपर्छ भनेर तर्क गर्ने कमरेडहरूले आफ्नो तर्कलाई बलियो बनाउने नजिरका रूपमा रुस, जर्मनी, नेपाललगायत कैयौँ देशहरूमा भएका चुनावका अनुभवहरूको सहायता लिनुभएको छ । अहिले चुनावको उपयोग गर्नु भनेको के लेनिनले दुमामा भाग लिएको वा नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) ले २०४८ सालको चुनावमा भाग लिएको वा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०६४ सालमा चुनावमा भाग लिएजस्तो हो ? बिल्कुल होइन । हरेक नेताहरूले इतिहासको सत्यलाई तोडमोड गरेर होइन, ठीक किसिमले र जस्ताको तस्तै बुझ्न आवश्यक हुन्छ । लेनिनले दुमाको उपयोग गर्दा रुसमा पहिलोपटक दुमाको स्थापना भएको थियो, रुसी जनतामा दुमाप्रति अझै व्यापक भ्रम थियो र क्रान्तिकारी कम्युनिस्टविरुद्ध दुमाको उपयोगपछि हत्या गर्नेदेखि १९८० को दशकपछि कम्युनिस्टहरूलाई नैतिक रूपमा विचलित गर्ने साम्राज्यवादी नीतिहरू बनिनसकेको अवस्था थियो ।

    त्यो अवस्थामा चुनावको उपयोग गर्नु लेनिनका लागि जनतालाई संसदीय भ्रमप्रति स्पष्ट गर्ने सही नीति हुन सक्थ्यो र त्यो सैद्धान्तिक रूपमा सही हुन्थ्यो । त्यसले क्रान्तिकारी आन्दोलनलाई यसकारण मद्दत गथ्र्यो– जनताले संसद्बारे फैलिएका भ्रमबाट स्पष्ट हुन पाउँथे तर गजबको कुरा त के छ भने हाम्रा चुनवपरस्त कमरेडहरूले ‘चुनावलाई हाम्रो नेतृत्वमा परीक्षण गर्न दिनुपर्यो’ भत्रुभएको छ र ‘नयाँ कार्यनीति अपनाउँदा सहकर्मी कमरेडहरूमा तरङ्ग पैदा गरेको अवस्था’ भत्रुभएको छ । ऐतिहासिक पृष्टिमा हामी प्रस्ट रूपमा देख्छौँ– क्रान्तिकारी सिद्धान्तको क, ख पढेको कुनै पनि कम्युनिस्टले लेनिनले चुनावको उपयोगपछि अहिलेसम्मको एक शताब्दीमा संसारभरमा दस हजारभन्दा बढी चुनावी परीक्षणहरू भएका छन् जसमा इन्डोनेसिया, चिलीलगायत सयौँपटक प्रताडनापूर्ण अनुभवहरू हासिल भएका छन् ।

    नेपाल, भारतलगायत सातै महादेशका सयौँ देशहरूमा चुनावी राजनीतिमा प्रवेश गरेका कम्युनिस्टहरूको लाखौँपटक नैतिक पतनका घटना छन् । कुनै पनि वैज्ञानिकले कुनै पनि विषयमा परीक्षण त्यतिन्जेल जारी राख्छ जति बेलासम्म त्यसको सत्य तथ्य पत्ता लाग्दैन । जब त्यसको सत्यतथ्य पत्ता लागिसक्छ, त्यही परिणामका लागि पुनः परीक्षण गर्नु बच्काना खेल र समयको बर्बादीबाहेक केही हुँदैन । समाजवादी वैज्ञानिकहरूको हकमा पनि यही कुरा सत्य हो । संसदीय चुनाव हजारौँपटक परीक्षण भैसकेका कारण यसको पुनर्परीक्षणको माग गर्नु संसद्‌वादमा प्रवेश गर्ने अन्धकार सुरुङको यात्रा तय गर्नु हो । नेपाली कम्युनिस्ट आन्दोलनमा यसको कुनै आवश्यकता छैन । त्यसकारण नेपालमा पहिलोपटक र नयाँ कार्यनीतिको वकालत गर्नु कि इतिहासप्रतिको अनविज्ञता हो वा तथ्यमाथिको तोडमरोड । यस्ता कमजोरीहरू कम्युनिस्टका नाममा दुनियाँका तमाम उपभोगवादीहरूले गर्दै आएका छन्, परन्तु कम्युनिस्टका लागि गोन्जालोको यो भनाइ मननयोग्य छ : ‘अनुभवहीन अवस्थामा गल्ती प्रत्येक कम्युनिस्टले गर्न सक्छन् तर जे कुरा गलत हो भत्रे सिद्ध भइसकेको छ त्यसलाई कम्युनिस्टले अनुभव गरिरहँदैन ।’ यसको तात्पर्य हुन्छ– गलत हो भत्रे सिद्ध भैसकेका मुद्दामा कुनै कम्युनिस्ट फेरि परीक्षणमार्फत गल्ती गर्न चाहन्छ भने त्यो वास्तविक अर्थमा कम्युनिस्ट हुन सक्दैन ।

    अहिले हामीले जे चर्चा गर्न विवश हुनुपरेको छ त्यो विषय पार्टीको महासचिव र प्रवक्ताका बारेमा बाहिर उठ्नु हुँदैनथ्यो तर केन्द्रीय समितिको निर्णयविपरीत महासचिब र प्रवक्ताले सार्वजनिक रूपमा पार्टीको प्रतिष्ठामा आँच पुग्ने गरी संसद्परस्त गतिविधि बढाएको कारण त्यसलाई सफा गर्न आवश्यक बन्यो । हुनत महासचिब आफैँले भित्री प्रशिक्षणबाहेक सार्वजनिक रूपमा पार्टीको केन्द्रीय समितिको निर्णयविपरीत बयानबाजी गरेको भेटिएको छैन तर यो काम लगातार रूपमा प्रवक्तामार्फत हुने गरेको छ । कुनै पनि राजनीतिक दलको सामान्य सङ्गठनात्मक सिद्धान्तमा दलको प्रमुख– अध्यक्ष वा महाचिव वा सभापति– केन्द्रीय समितिको समुच्च अभिव्यक्ति हुन्छ, हाम्रो पार्टीमा महासचिव त्यो प्रमुख हो । सार्वजनिक स्थानमा पहुँच सरल बनाउनका लागि प्रमुखको प्रतिनिधित्व गर्ने प्रवक्ता राखिएको हुन्छ र प्रवक्ताका हरेक अभिव्यक्ति, आचरण र व्यवहारलाई प्रमुखको आधिकारिक अभिव्यक्तिका रूपमा हेरिन्छ ।

    प्रमुख केन्द्रीय समितिको समुच्च प्रतिनिधि हुने र प्रमुखको प्रतिमूर्ति प्रवक्ता हुने भएकाले प्रवक्ताका हरेक अभिव्यक्ति र व्यवहारहरू सिङ्गो केन्द्रीय समितिको अभिव्यक्ति र व्यवहार हुन पुग्छन् । त्यसकारण मानिसले राजनीतिक पार्टीको प्रवक्ताका हरेक भनाइ र व्यवहारलाई सिङ्गो केन्द्रीय समितिको विचार, आचरण, नीति र नियमको प्रतिनिधिका रूपमा हेर्छन् । केन्द्रीय समितिको बैठकदेखि अहिलेसम्म आउँदा हाम्रो पार्टीका प्रवक्ताबाट भएका कतिपय चुनावपरस्त राजनीतिक गतिविधिले हाम्रो पार्टीका महासचिवको राजनीतिक दशा अभिव्यक्त भएको छ र त्यसले केन्द्रीय समितिको राजनीतिक दशा सार्वजनिक भएको छ । प्रवक्ताका संसद्परस्त राजनीतिक कदमहरू नजानिँदो तरिकाले क्रान्तिकारी आवरणमा अभिव्यक्त भएका छन् तर सङ्गठनको सर्वोच्च अभिव्यक्ति महासचिव हुनु र प्रवक्तामार्फत महासचिव चुनावपरस्त देखिनुले कहीँ सिङ्गो पार्टी नै संसद्परस्त भएको त होइन ? भत्रे भ्रम देशभर फैलिएको छ ।

    अब यो तथ्य सार्वजनिक रूपमा उजागर गर्न कुनै हिच्किचाहट गर्नुपर्ने अवस्था रहेन– प्रवक्ताको निर्वाचन आयोगमा भएको दौडधूप र पार्टीको नीतिविपरीत चुनावमा भाग लिने वा उपयोग गर्ने सार्वजनिक अभिव्यक्ति, सरकार प्रमुख र प्रतिपक्ष प्रमुखसँग भएका छलफल र भनिएका भित्री र बाहिरी सहमतिहरूले संसद्परस्त राजनीतिक गतिविधिहरू पर्याप्त रूपमा प्रकट भइसकेका छन् र तिनले पार्टीको नीति, विधि र पार्टीको निष्ठा र प्रतिष्ठामा ठूलो आघात पुर्याएका छन् । साथै यो तथ्य पनि सार्वजनिक गर्न कुनै आनाकानी गर्नुपर्ने अवस्था रहेन, प्रवक्ताका कदमहरूमा महासचिवको समर्थन र ऐक्यबद्धता रहने गरेको छ र यो संसद्परस्त नीति केवल प्रवक्ताको व्यक्तिगत विषय नभएर महासचिवको राजनीतिक स्पिरिटसमेत समावेश भएको छ । प्रवक्ता र महासचिव दुवैका गतिविधिले सिङ्गो नेपाली जनतामा ‘कतै नेपाल कम्युनिस्ट पार्टी संसदीय राजनीतिमा प्रवेश गरेको त होइन ?’ भत्रे भ्रमहरू पैदा भएका छन् । अहिले भ्रमको स्तरमा रहेको सच्चाइ सतहमा देखिन र संसद्परस्त राजनीति अपनाउनुपर्ने बाध्यता आउनुका पछाडि कुन जादुले काम गरेको होला भत्रे रहस्य सार्वजनिक हुन परासरको पर्दा उत्रिन्जेल प्रतीक्षा गर्नैपर्ने छ ।

    पार्टीको केन्द्रीय समितिले भीषण बहस गरेको र एकमतले पारित गरेको नीति पार्टी चुनावमा नजाने हो, पार्टी दर्ता पनि नगर्ने हो । दाहोर्याइरहन आवश्यक छैन, पार्टीलाई संसदीय कानुनमा दर्ता गर्नु वा दर्ता नै नगरीकन यथास्थितिमा अथवा अहिलेको अवस्थामा चुनावको उपयोग गर्न लैजानु संसद्‌वादभित्र प्रवेश गर्नु हो जुन क्रान्तिकारी आन्दोलनमा सबैभन्दा घातक परिघटना हुन पुग्छ । साथै केन्द्रीय समितिले पारित गरेको अर्को निर्णय विगतको चुनाव बहिष्कारको जस्तो जनतालाई भोट दिनबाट नरोक्ने पनि हो । त्यसका लागि साम्राज्यवादविरोधी, राष्ट्रघाती एमसीसीविरोधी, दलाल पुँजीवादी सत्ताको विरोध गर्ने, जनपक्षीय आचरण देखाउने महिला, किसान, मजदुर, बुद्धिजीवीको क्षेत्रबाट उठेका व्यक्तिहरूलाई स्थानीय पार्टीले निक्र्योल गरेर समर्थन गर्न सकिने हो । साथै पार्टीबाट कोही पनि उम्मेदवार हुन चाह्यो भने स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत हुने हो र पार्टीको मूल कार्यनीति वैज्ञानिक समाजवादी व्यवस्थाको फैसला गर्नका लागि जनमतसङ्ग्रहको विषयलाई व्यापक रूपमा प्रस्तुत गर्ने हो । यो कुरा स्पष्ट छ ।

    अब रोचक प्रसङ्ग हेरौँ, सर्वोच्च अदालतमा हुने कानुनी बहसभन्दा तिखो र पेचिलो बहस राजनीतिमा अवश्य हुने गर्छ जुन बहसको तुफान हाम्रो पार्टीमा अहिले चल्न थालेको छ । आफ्नै हातमा कम्प्युटर र प्रिन्टर राख्नु्भएका महासचिवले सचिवालय र केन्द्रीय समितिमा पार्टी दर्ता नगर्ने र चुनावमा पनि नजाने विषयलाई दस्ताबेजमा ‘पार्टी दर्ता गरेर चुनाव उपयोग गरिनेछैन’ भनेर लेख्नुभयो, त्यही कपी छापेर वितरण पनि भए र अहिले घुमाउरो तरिकाले तर्क गरिँदैछ, पार्टी दर्ता नगरीकन त चुनाव उपयोग गर्न दस्ताबेजले कहाँ छेकेको छ र ! अनि राजनीतिक सिद्धान्तको सामान्य ज्ञान हुने जोकोहीलाई पनि राम्रो जानकारी हुनुपर्ने विषय हो– पार्टी चुनावमा नजानु भनेको केन्द्रीय समितिका सदस्यहरू (पदाधिकारीसहित) र जिल्ला समितिका सदस्यहरू (निश्चित रूपमा पदाधिकारीसहित) चुनावमा उम्मेदवार नउठ्नु हो किनभने पार्टी भनेकै केन्द्रीय समिति र जिल्ला समिति हो । संसारका कुनै पनि देशमा कुनै पनि नामका दलहरू भए पनि त्यो दल भनेको केन्द्रीय समिति र जिल्ला समितिको नीतिगत एकता हो । परन्तु हाम्रो पार्टीका कतिपय नेताहरू चुनाव उपयोगका लागि मरिमेटी लाग्नुभएको छ, पार्टी दर्ता गर्ने हदम्याद सकिँदा पनि दर्ताका लागि लालायित हुनुभएको छ, चुनावी गठबन्धन बनाउन पहल गर्ने अभियानमा टुप्पी कसेर लाग्नुभएको छ । के यी गतिविधिहरू पर्टीको बाह्रौँ केन्द्रीय समितिले पारित गरेका ऐतिहासिक नीतिविपरीत होइनन् ? जब स्वयम् महासचिव र प्रवक्ता पार्टीको नीतिविपरीत देखिनुहुन्छ, अनुशासनको पालन हुँदैन, त्यस्तो पार्टीप्रति जनताको विश्वास कसरी पैदा होला ? सार्वजनिक रूपमा देखिएका यी समस्याहरूले जनतामा निश्चित रूपमा विभ्रम पैदा गरेका छन् जसको सफाइ गर्न हर्कुलसलाई अगवीको तबेला सफा गर्नुभन्दा कैयौँ बढी तागत हाम्रो पार्टीका नेता–कार्यकर्ताले लगाउनै पर्ने छ ।

    अब यसप्रकारको राजनीतिक समस्याको समाधानको बाटो के हो ? फेरि पनि त्यसको सही जबाफ र सही व्यावहारिक बाटो हो केन्द्रीय समितिको बैठकले स्थापित गरेको विचारको सर्वोच्चतालाई पछ्याउनु, अत्यधिक बहुमतले स्थापित गरेको विचार जसले कमसेकम पार्टीको जीवन बचाएको छ, सिद्धान्तको दियो धप्काएको छ, त्यसको उज्यालोमा क्रान्तिको बाटो पहिल्याउने प्रयत्न गर्नु र हुँदै गरेका नकारात्मक अनुभवहरूको गम्भीर समीक्षा गर्दै भविष्यमा कमजोरीबाट बच्ने प्रयत्न गर्नु । त्यसका लागि पार्टीका नेताहरूले एउटा कठोर कदम त उठाउनैपर्छ त्यो हो, केन्द्रीय समितिले पारित गरेको निर्णयका विरुद्ध जेजे गतिविधिहरू भएका छन्, त्यसलाई निर्ममतापूर्वक विधिवत् रूपमा सच्याउनु र जनताले बुझ्ने र विश्वास गर्ने गरी व्यवहारमा देखाउनु । वास्तवमा हामीले यो तथ्यलाई यतिबेला पनि गम्भीर रूपमा मनन गर्नु आवश्यक छ, हाम्रो पार्टीमा जेजति राजनीतिक नोक्सान भएको छ, त्यो हाम्रो पार्टी जीवन, शैली र संस्कृतिसँग जोडिएका परम्परागत परिशिष्ट (लुर्कन) हरूको नोक्सान हो । मार्क्सले भत्रुभएजस्तै कुनै पनि क्रान्तिकारी पार्टी यसप्रकारका सयौँ गल्ती र कमजोरीबाट नगुज्रीकन विजयको मञ्जिलसम्म पुग्न सक्दैन । यी कमजोरीहरूलाई सच्याउने प्रक्रियाले मात्रै पार्टीलाई एकताबद्ध गर्नेछ, जनताको विश्वास पुनस्थापित गर्नेछ र फेरि पनि गुमेको पार्टीको प्रतिष्ठा पुनप्र्राप्ति हुनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ