• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु

    878
    SHARES



    हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।

    आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए ।

    उनलाई ६ : ५५ मिनेटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर पौडेलले बताए ।उनकाअनुसार दुलालको मृत्युको कारण खुलिसकेको छैन । अस्पतालमा शवको पोष्टमार्टम हुन लागेकाले त्यसपछि मात्रै कारण पत्ता लाग्ने उनको भनाइ छ ।

    मृतक दुलाल चितवन जिल्ला अदालतबाट १० माघ २०७८ मा जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगिरहेका थिए । उनी भीमफेदी कारागारमा १३ साउन २०७९ मा आएको जेलर पौडेलले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ