• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत मनोरञ्जन समाचार

    चर्चित बलिउड साधना सरगमले गाइन् नेपाली गीत

    4.7K
    SHARES

    काठमाडौँ । बलिउडकी प्रसिद्ध गायिका साधना सरगमले एक नेपाली ‘शान्ति गीत’ गाएकी छन् । एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत छ ।

    भाइचारा र विश्व बन्धुत्वको भावना जागृत गराउने अभिप्रायका गीत बनाएको संगीतकार श्रेष्ठले बताए । भारतको मुम्बईस्थित आर्यन रेकर्डस् स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।

    ‘मैले धेरै समयपछि बडो उत्साहका साथ फेरि नेपाली भाषाको गीत गाउने अवसर प्राप्त गरेँ, अन्य गीतहरुभन्दा यस शान्ति गीतको भाव फरक रहेको हुँदा यसप्रति मेरो झुकाव बढेको हो’ गायिका साधनाको शब्द सन्तोषले सुनाए, ‘मैले यस गीतको माध्यमबाट विश्वव्यापी रुपमा शान्ति र सद्भाव फैलँदै जाने आशा गरेकी छु ।’

    विश्वभरका मानिसहरुबीच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको र छिट्टै गीतको भिडियो पनि सार्वजनिक गर्ने एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ