• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्पोरेट विजनेश

    गैरकानुनी काम गरेपछि सहकारीका कार्यकारी प्रमुख र सञ्चालक बिरुद्ध मुद्दा

    20.3K
    SHARES

    काठमाडौँ। समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका पदाधिकारी र कार्यकारी प्रमुख, अधिकृत, ब्यबस्थापक लगायतका बिरुद्ध सहकारी बिभागमा मुद्दा दर्ता भएको छ ।

    काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको उक्त सहकारी संस्थाका कार्यकारी प्रमुख टेक बहादुर शाही, सचिव प्रकाश आचार्य, सहसचिव सुदिप पौडेल र कोषाध्यक्ष बन्दना तिवारी नेपालबिरुद्ध विभागमा उजुरी परेको छ ।

    उनीहरुले सहकारी ऐन नियम तथा संस्थाको विनियमावाली तथा संस्थाको आर्थिक प्रसाशनिक नीति बिपरित काम कारबाही गरेको र अन्य सहकारी संस्थाको सञ्चालक तथा जिम्मेवारीमा रही सेवा सुबिधा लिइरहेको अबस्थामै पनि समृद्ध नेपाल सहकारी संस्थामा समेत सञ्चालक समिति र कार्यकारी पदमा रहेको पाइएकोले छानबिन गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

    यस्तै उनीहरुले सेयर सदस्यहरुलाई चेकबुक, पासबुक, सेयर प्रमाणपत्र समेत नदिएको र पटक-पटक माग गर्दा समेत अटेर गरेको र सहकारीको साधारणसभामा छलकपटकपूर्ण तरिकाले कृते लेखा परिक्षण प्रतिबेदन पारित गराएको आरोप लगाइएको छ ।

    यस्तै प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिमा बसेका व्यक्तिहरुले सहकारीको रकम व्यक्तिगत हिसाबले हिनामिना गरी सहकारीलाई घाटामा देखाएको, सहकारीका सदस्यहरुको सेयर तथा बचत समयमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरि ढिला दाखिला गरेको समेत आरोप लगाइएको छ ।

    यस्तै उजुरीमा सहकरीको माइन्युट, योजना र नीति तथा सिद्दान्त बिपरित अनावश्यक र अनाधिकृतरुमा भौतिक संरचना निर्माण गरेको र विभागको अनुमति बिना सहकारीको नाममा सेवा केन्द्र तथा कार्यालय खडा गरी काम संचालन गरेको समेत उल्लेख गरिएको छ ।

    यस्तै उनीहरुले शेयर रकम फिर्ता माग्ने शेयर सदस्यहरुलाई एक बर्षसम्म पनि शेयर रकम फिर्ता नगरी मानसिक तनाब दिइएको समेत आरोप लगाइएको छ ।

    यस्तै सहकारीको गत साउन ३२ गते सम्पन्न साधारणसभाले प्रमुख कार्यकारी अधिकृत र सञ्चालकसमितिले संचालन गर्ने गरी बैंक खाता खोल्ने निर्णय गरेकोमा हालसम्म पनि समृद्ध नेपाल कृषि सहकारी संस्थाका नाममा कुनै पनि बैंकमा खाता नखोलेको र बैंकिङ्ग प्रणाली भन्दा बाहिर व्यक्तिगत, मनमर्जी हिसाबले आर्थिक कारोबार गरेको समेत आरोप लगाइएको छ ।

    सहकारीका प्रमख कार्यकारी अधिकृत टेक बहादुर शाही समृद्ध नेपाल बाहेक दिगो बिकास कृषि सहकारी संस्था लिमिटेड चितवनको सञ्चालक, अध्यक्ष, प्रयत्न बहुमुखी सहकारी संस्था लिमिटेड कोहलपुर बाँकेको सञ्चालक, अध्यक्ष र दियालो बहूउद्देश्यीय सहकारी संस्था जुम्लाको सञ्चालक, अध्यक्ष समेत रहेको उजुरीमा उल्लेख छ ।

    यस्तै सचिव प्रकाश आचार्य प्रयत्न बहूउद्श्यीय सहकारी संस्था कोहलपुरको सञ्चालक समिति सदस्य रहेको, यस्तै सहसचिव पौडेल दिगो बिकास कृषि सहकारी संस्था चितवनको सञ्चालक र कोषाध्यक्ष रहेको, यस्तै कोषाध्यक्ष बन्दना दिगो बिकास कृषि सहकारी संस्था चितवनको ब्यबस्थापक कर्मचारी रहेको उल्लेख गरिएको छ ।

    उनीहरुबिरुद्ध उक्त सहकारी संस्थाका शेयर सदस्यहरुले मुद्दा दर्ता गरेका हुन्। सहकारी ऐन अनुसार यसरी एक सहकारी संस्थाको सञ्चालक वा कार्यकारी भूमिकामा रहेका व्यक्तिहरु अर्को सहकारी संस्थाको सञ्चालक समिति वा कार्यकारी जिम्मेवारीमा रहेको पाइएका कानुन बमोजिम कारवाही हुने ब्यबस्था छ ।

    विभागमा मुदा दर्ता गर्ने ति शेयर सदस्यहरुले समृद्ध नेपाल कृषि सहकारी संस्थामा हालका सञ्चालक समितिका कार्यकारी अधिकृत र पदाधिकारीहरुले सहकारीलाइ आफ्ना पुरा सहकारी संस्थासँग गाभेर आफु अनुकुल यो सहकारीलाई नै ध्वस्त बनाउने योजना अनुरुप त्यसो गरिएको आरोप लगाएका छन् ।

    यस बिषयमा हामीले प्रतिक्रिया लिन खोज्दा समृद्द नेपाल कृषि सहकारी संस्थाका ब्यबस्थापकलाई सम्पर्क गर्न खोज्दा उनले मोबाइल फोनमा फोन नलाग्ने बनाएर बसेको पाइयो भने सहकारी बिभागका प्रसाशन प्रमुख निरज घिमिरेले फोन रिसिभ गरेनन् । हामी यस बिषयमा निरन्तर फलोअप गर्नेछौं ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ