• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अपराध समाचार

    गर्नै नहुने काम गरेपछि प्रेमिकाले उजुरी दिँदा काठमाडौँबाट समातिए ‘पागल प्रेमी’

    5.8K
    SHARES

    काठमाडौं। प्रेमिकाको अश्लिल फोटो-भिडिओ सामाजिक सञ्जालमा हालेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

    उनले प्रेमिकाको अश्लिल फोटो तथा भिडिओ फेसबुक, इन्स्टाग्राममा पोष्ट गरेर चरित्रहत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। उनीहरूबीच विवाद हुँदा फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेको भन्ने जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

    जिरेल काभ्रेमा भएको सूचना पाएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरेको थियो। उनलाई प्रहरीले पाँचखालमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

    उनलाई प्रहरीले आइतबार पक्राउ गरी काठमाडौं ल्याएको हो। उनीमाथि विद्युतीय कारोबार ऐन कसुर अनुसार थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

    यस्तै १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पुर्याइएको थियो।

    कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए। आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन् ।

    ‘काम कागज कारखानामा गर्ने हो। राम्रो कमाइ हुन्छ। आमाको दुःख पनि कम हुन्छ भनेपछि लोभिएँ,’ बिहीबार प्रहरीको सम्पर्कमा आएकी उनले भनिन्, ‘दिल्ली पुर्याएकै भोलिपल्ट दिदीहरूले कोठीमा धन्दा गर्न पठाए ।’ उनका अनुसार तारा र ममताले दिल्लीको जिपी रोडमा कोठी सञ्चालन गर्दै आएका छन्।

    उनले त्यही कोठीमा १५ महिना नारकीय जीवन बिताइन्। ‘दैनिक ४० जनासम्म ग्राहक आउँथे, यौन सम्पर्क गर्न नदिए पिट्थे,’ उनले भनिन्, ‘१५ महिना मेरा लागि १५ वर्षजस्ता भए ।’ घरबाट जाँदा महिनाबारी पनि नभएकी उनी कोठीमा पुगेपछि गर्भवती भइन्। कोठी सञ्चालककी पत्नीजस्तै बनाएर गर्भपतन मात्रै गराइएन, अस्पतालमा उनको पाठेघरसमेत झिक्न लगाइयो ।

    ‘पाठेघर झिकेपछि डाक्टरले ६ महिनासम्म पतिसँग यौन सम्पर्क नगर्नू भनेका थिए,’ उनले भनिन्, ‘एक महिनामै फेरि मलाई कोठीमा पुर्याएर धन्दा गर्न लगाइयो ।’ तारा र ममताले सञ्चालन गरेको कोठीको ५६ नम्बर कोठामा आफूलाई राखिएको उनले बताइन्। आफूलाई राखिएको कोठीमा धेरै नेपाली केटी रहेको जानकारी उनले दिइन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ