• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत मनोरञ्जन

    रेखा जोशीको नयाँ गीतले यसरी बनायो सबैलाई मंत्रमुग्ध

    10.6K
    SHARES

    काठमाडौँ । चर्चित देउडा गायिका रेखा जोशीले हालै बजारमा ल्याएको नयाँ देउडा गीत ‘झुम्केली बौजु’ले युवादेखि बृद्धबृद्धासम्मलाई मंत्रमुग्ध बनाएको छ । यसै पनि उनका हरेक गीत उनको जादुमय स्वरका कारण चर्चित र सुनौ-सुनौ लाग्ने नै हुन्छन् त्यसैमाथि हालै बाजारमा आएको उक्त गीतले जन-जनको मन छोएको छ ।

    स परिवार एकै ठाउँ बसेर हेर्दा सबै उमेर समूहका व्यक्तिहरुलाई उतिकै मन पर्ने यो गीतका सब्द-सब्दले पनि गीतलाई थप लोकप्रिय बनाउन इट्टामाथि इट्टा थपेको छ । गीतमा गायिका रेखा जोशीलाई पुरुष स्वरमा सुरेन भण्डारीले साथ दिएका छन् ।

    सुदुर र मध्यपश्चिमका जिल्लाहरुमा गाइने देउडा भाकालाई फरक शैलीको दोहोरी भाकामा उतारेर गाइएको उक्त गीत ‘रेखा जोशीकै अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा सुशिल बोहोराको शब्द र संगीत रहेको छ। भने एरेन्ज बिशाल निरौलाले गरेका छन् । गौरव गिरीले निर्देशन गरेको गीतको भिडियोमा गायिका जोशी र गायक भण्डारीलगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

    यो गीतका टुक्काहरुमा धेरै टिकटक प्रयोगकर्ताहरुले भिडियो बनाई रहेका छन् । भने यो गीतलाई दर्शक तथा श्रोताहरुले निकै रुचाएका छन्। गाउँघरका टिपिकल शब्द गीतमा समावेश गरिएको छ । सुदूरपश्चिम, मध्यपश्चिम लगाएतका क्षेत्रमा अत्याधिक मन पराइएकी गायिका जोशीले सञ्चारकेन्द्रसँग कुरा गर्दै यो गीतको लोकप्रियता अझै बढ्ने बताइन ।

    यस्तै गायिका रेखा जोशीको आवाजमा ‘मायाँ बस्ला है’ बोलको नयाँ गीत पनि सार्वजनिक भएको छ। गीतमा गायिका जोशीलाई डिकेश मगरले स्वरमा साथ दिएका छन्। जोशीले “माया बस्ला है“ सधै गाउने देउडा भन्दा अलि फरक धारको गित भएको बताएकी छन्। विवेक शाहको शब्द रहेको गीतमा महेन्द्र विष्टले संगीत भरेका छन्। भिडियोमा रेखा राई, रोहीत बाबा, र विमल स्याङ्जालीको अभिनय रहेको छ। गीतको भिडियो निर्देशन दिपक भण्डारीले गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ