• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    वर्षमा तीन महिना अँध्यारो हुने गाउँ, जहाँ बनाइएको छ कृत्रिम सूर्य

    5.1K
    SHARES



    पृथ्वीमा एउटा यस्तो गाउँ छ जहाँ वर्षमा तीन महिना त अँध्यारो भैरहन्छ । लामो समयसम्म उज्यालो नै नहुने कारणले गर्दा गाउँका मानिसहरुमा विभिन्न खालका रोगहरु देखिन थाले । त्यसैले अँध्यारोबाट मुक्ति पाउनका लागि गाउँका मानिसहरुले आफैंले कृत्रिम सूर्य निर्माण गरेका छन् ।

    डेलीस्टार न्यूजका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने भिगनेला गाउँ चारैतर्फबाट पहाडले घेरिएको छ । चिसो मौसममा यो गाउँमा सूर्यको किरण पर्दैन । जसका कारण नोभेम्बरदेखि फेब्रुअरीसम्म यो गाउँ झण्डै अँध्यारो जस्तै बन्दछ ।

    यति लामो समयसम्म घाम देख्न नपाउँदा मानिसहरुमा विभिन्न खालका समस्या देखिन्थे । गाउँलेहरुमा अनिद्रा, तनाव, थकानलगायतका समस्याहरुका साथै चोरीलगायतका अपराधका घटनामा पनि वृद्धि भएको थियो । सोही समस्याबाट मुक्ति पाउनका लागि गाउँलेहरुले आफैले सूर्यको निर्माण गरेका छन् ।

    गाउँलेले बनाएको कृतिम सूर्य ।
    उक्त गाउँमा सन् २००६ मा एक लाख युरो रकम खर्चिएर ४० वर्ग किलोमिटर ठूलो काँच खरिद गरेर ऐना बनाए । र, त्यसलाई पहाडको टुप्पोमा जडान गरे ।

    ऐनालाई यसरी ठड्याएको छ कि सूर्यको किरण त्यसमा ठोक्किएर परावर्तन भई सिधै गाउँतर्फ जान्छ र गाउँमा उज्यालो हुन्छ । गाउँलेहरुले रत्तिभर घाम देख्न नपाउने समयमा पनि दिनको ६ घण्टासम्म घाम ताप्न पाउँदछन् ।

    गाउँमा कृत्रिम सूर्य निर्माण गर्ने उक्त आइडिया गाउँलेहरुले कुनै विज्ञानका आधारमा नभई मानवीय सोच र अनुभवका आधारमा निकालेका थिए, जुन सफल भयो । मानिसहरु उज्यालो र घामको अभावमा निकै कष्ट बेहोर्नुपर्दा त्यस्तो आइडिया फुराएका उक्त गाउँका मेयरले बताएका छन् ।

    एउटा गाउँमा दुई चारजना जुम्ल्याहा हुनु असामान्य कुरा होइन । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहिँ ८०० भन्दा धेरै जुम्ल्याहा छन् । केरलाको मलप्पुरम जिल्लामा पर्ने कोडिन्ही गाउँ सोही कारणले गर्दा जुम्ल्याहा गाउँ भनेर चिनिन्छ । झण्डै दुई हजार जनसंख्या भएको उक्त गाउँमा ४०० जोडी जुम्ल्याहा हुनु सामान्य कुरा होइन ।

    संसारकै धेरै जुम्ल्याहा जन्मिने रहस्यमय गाउँ

    यो गाउँ अत्यधिक संख्याका जुम्ल्याहाहरूकै कारण चर्चित बनेको छ । गाउँमा अधिकांश परिवारमा जुम्ल्याहा बच्चा नै जन्मिने गरेका छन् । गाउँमा जन्मिने बच्चाहरुमा उल्लेख्य संख्यामा जुम्ल्याहा नै हुने गरेका छन् । आखिर उक्त गाउँमा यतिधेरै जुम्ल्याहा किन जन्मिएका होलान् ?

    उक्त प्रश्नको उत्तर खोज्नका लागि वैज्ञानिकहरुको कैयन् पटक गाउँमा पुगेर अध्ययन गरे । सन् २०१६ मा सो गाउँमा पुगेको एक वैज्ञानिक दलले जुम्ल्याहा मानिसहरुका शरीरबाट केही नमूनाहरु पनि संकलन गरेको थियो । तर उक्त अनुसन्धानको कुनै ठोस निष्कर्ष निस्किएन ।

    विज्ञहरुले गाउँलेहरुको खानपान र रहनसहनका बारेमा पनि गहन अध्ययन गरे, तर पनि अहिलेसम्म उक्त रहस्यको पर्दा उघ्रिन सकेको छैन । भारतमा औषतमा एक हजार जन्ममा जुम्ल्याहाको अनुपात ९ हुँदा कोडिन्ही गाउँमा यस्तो अनुपात ४५ रहेको छ । अर्थात् यो गाउँ विश्वमै सबैभन्दा धेरै जुम्ल्याहा बच्चा जन्मिने ठाउँमध्ये एक हो ।

    गाउँलेहरु त ईश्वको विशेष कृपाले गर्दा गाउँमा भटाभट जुम्ल्याहाको जन्म हुने गरेको दाबी गर्दछन् । कतिपय गाउँलेले चाहिँ गाउँको हावापानीमै केही विशेष चिज रहेको र सोही कारणले गर्दा हरेक घरमा जुम्ल्याहा बच्चा पैदा हुने गरेको विश्वास गर्दछन् ।

    तथ्यांक अनुसार पछिल्लो ५० वर्षमा यो गाउँमा ३०० भन्दा धेरै जुम्ल्याहा बच्चा जन्मिएका छन् । अहिले उक्त गाउँमा जुम्ल्याहा मानिसहरुको संख्या ४ सय जति छ ।

    जुम्ल्याहाले भरिएको उक्त गाउँ पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । गाउँ छिर्ने ठाउँमा ‘भगवानको आफ्नै जुम्ल्याहा देशमा स्वागत छ’ भनेर लेखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ