• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रास्वपामा ४० वर्षमुनिका युवा उम्मेदवार बन्न पाउने, विस्तारित बैठकले गर्यो यस्ता ११ निर्णय

    632
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ४० वर्ष मुनिका युवाहरूलाई २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

    चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले युवाहरूको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गरिएको हो । यस्तै विदेशबाट फर्किएका नागरिक उम्मेदवार बन्न चाहेमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

    ‘जेनजीको स्पिरिडको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षमुनिका युवाका लागि उनीहरूको जनसङ्ख्याको अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यस्तै प्रदेशबाट फर्किएका नेपाली उम्मेदवार बन्न १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ’, पार्टीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

    यस्तै फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भएकाले पूर्वनिधारित महाधिवेशन मिति ६ महिना पर सारेको छ । चार सय प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ ।

    कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन,उपसभापति डा.स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षरसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । डा.तोसिमा कार्कीले पार्टी सुधार मार्गचित्र सम्बन्धी फरक मत पेस गरेकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ