• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    राति ढिलो खाना खाने बानीले आउनसक्छन यस्ता ५ खतरा, तपाई पनि आजै थाहा पाउनुहोस

    5.1K
    SHARES



    काठमाडाैं । स्वस्थ रहनका लागि सही समयमा खाना खानु अत्यन्त जरुरी छ । गलत सयममा खाना खाँदा शरीरलाई फाइदा होइन नोक्सान पुग्छ । राति ढिलो खाना खानेलाई विभिन्न समस्या आउने चिकित्सकहरुले बताएका छन् । एक अध्ययनका अनुसार रातिको खानामा सुत्नुभन्दा ३ घण्टा पहिले खाने गर्नुपर्छ । र, अन्य स्न्याक्सहरु ९० मिनेट पहिले नै खाने गर्नुपर्छ । रातिमा ढिलो खाना खाँदा के के खतरा आउँछ ?

    मोटोपनको शिकारः जव हामी राती ढिला खाना खान्छौं । तब हाम्रो खाना राम्रोसँग पच्न पाउँदैन् । राती शारीरिक काम पनि नहुने भएकोले हामीले खाएको खाना बोसोमा परिणत हुन्छ र मोटोपनको शिकार हुने खतरा बढ्छ । जसको कारण कोलेस्ट्रोल बढ्छ र मुटुको रोग पनि लाग्न सक्छ । मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ ।

    शरीर तन्दुरुस्त राख्न चाहँदा चाहँदै पनि शरीर बढिरहेको नै हुन्छ । जसले गर्दा धेरै मानिसहरु पेट बढेकै कारण चिन्तामा डुबेका हुन्छन् । त्यसैले यस्तो समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिर्वतन गर्नुपर्छ । बेलुका खाना नखाने । खाना खाने बित्तिकै नसुत्ने । खाना खाएपछि केही समय हिडँडुल गर्ने । बेलुका नास्ताको रुपमा मात्रै खानेकुरा खानुपर्छ ।

    छाती पोल्नेः धेरैजसोको बानी हुन्छ खाना खाने बित्तिकै सुत्ने । बेलुका ढिलो खाना खाँदा पाचन प्रणालीले पचाउन गाह्रो हुन्छ । त्यसैले गर्दा छाती पोल्छ पछि गएर ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ । एक त बेलुका ढिलोगरी खाना खाने । अर्कोतिर खानेविक्तिकै सुत्ने जसले गर्दा छाती पोल्ने समस्या हुन्छ । बेलुका एकदमै कम खाना खाने । खाना खाएपछि कम्तिमा २ घण्टापछि मात्रै सुत्ने गर्नुपर्छ ।

    उच्च रक्तचापको जोखिम बढ्नेः बेलुका खाना ढिलो खाँदा उच्च रक्तचाप हुने सम्भावना बढि हुन्छ । बेलुका हाम्रो शरिरलाई उर्जाको आवश्यक हुँदैन् । बेलुकाको खाना खाएपछि हाम्रो काम हुँदैन् र खाना पच्दैन् । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै बिरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदीलाई क्रमिक रुपले खत्तम पार्दै लगेर विरामीलाई मृत्युको मुखमा पु¥याउँछ । त्यसैले बेलुका खाना खाँदा एकदमै ध्यानदिनुपर्छ ।

    अपचः अपच हुने समस्या भएकोले ढिलो खाना खान हुँदैन् । पाचनको लागि बढि समय लाग्छ । हामीले जति खान्छौ, उति नै पच्नुपर्छ । ढिलो खाना खाँदा समस्या झन बढ्न सक्छ ।

    मधुमेहः बेलुका ढिलो खाना खाँदा खानाबाट प्राप्त हुने सबै शक्ति खर्च हुँदैन् । यस्तोमा शरिरमा भण्डार भएर बस्छ र रगतका चिनीको मात्रा बढि भएर मधुमेह हुने खतरा बढ्छ ।

    अनिद्राको समस्याः बेलुका ढिलो खाना खाँदा खाना राम्रोसँग पचिसकेको हुँदैन् । हामीले खाएको खाना खाननलीमै बस्छ । जसलेगर्दा बेचैन र छटपटी हुन्छ । र निद्रा पर्न गाह्रो हुन्छ ।

    तनाव हुनेः अनिद्राको समस्याले गर्दा तनाव बढ्छ । राम्रोसँग निद्रा नलागेपछि शरिर भारी हुने, फ्रेस अनुभव नहुने भएकोले तनाव बढ्छ । दैनिकीमा नै असर पर्छ । त्यसकारण बेलुका ढिलो खाना खानु राम्रो होइन ।

    काम गर्न शक्ति मिल्दैनः बेलुका ढिलो खाना खाँदा बिहानको नास्ता गर्न मन लाग्दैन । जसकारण दिनभर काम गर्न उर्जाको कमि हुन्छ । चाँडो थकाइ लाग्ने काम गर्न मन नलाग्ने हुन्छ ।

    पोषक तत्वको कमिः बेलुका ढिलो खान खाँदा बिहान भोक लाग्दैन । भोक नलागेपछि बिहानको नास्ता कम खाईन्छ । जसले गर्दा शरिरमा चाहिने पोषक तत्वको कमि भएर विभिन्न किसिमको रोग लाग्न सक्छ ।

    चिडचिडाहटः यदि बेलुका ढिलो खाना खाएमा भोली पनि त्यही समयमा भोक लाग्छ । एकै समयमा खाना नखाँदा ढिलो खाना खाने बानी बस्छ । जसले गर्दा खाना अपच हुने, ग्याँस जम्ने, निद्रा नलाग्ने हुन्छ र चिडचिडाहाट हुन्छ । यदि तपाई बेलुका ढिलो खाना खानुहुन्छ भने यो बानी आजैबाट त्याग्नुहोस् । चाँडो खाना खाँदा विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ भने आजैबाट किन सुरु नगर्ने ?

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ