• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    नबिल बैंकको क्यूआर भुक्तानी सेवा अब भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा पनि

    4.9K
    SHARES


    रुपन्देही । नबिल नबिल बैंकको क्यूआर भुक्तानी सेवा अब भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा बैंकले भैरहवा कान्छी बजारको तरकारी /फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ ।

    नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुयालले फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी /फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् ।

    उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुयालले विभिन्न तरकारी फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए ।

    नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

    डिजिटल कारोबारलाई प्रश्रय दिन र बिना रकम कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । नबिल बैंक भैरहवा शाखाको पहलमा वल्र्ड लिह्क नेपालले भुक्तनी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ।

    बैंकको देशभर २,००० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन्, जुन हरेक दिन बढिरहेका पनि छन् । नया प्रविधि तथा नया नया प्रोडक्टको साथै सेवाहरु सुरु गर्ने काममा पनि अगाडी बढ्दै जाने बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया