• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय मुख्य समाचार

    कम्युनिष्ट सरकारको कडा कदम, राष्ट्रपतिको आदेशमा चर्चमाथि हानियो डोजर र ब’म

    123.2K
    SHARES



    काठमाडौं । चिनमा प्रहरीले चर्चहरु भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

    सी जिनपिङ राष्ट्रपति भएपछि अवैध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै चर्च बन्द गर्ने नीति लिएको बताइएको छ ।

    चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको छ । द न्युयोर्क टाइम्सको अनलाइन संस्करणअनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचार दिएको छ । समाचारअनुसार साङ्सीमा आधा दर्जन चर्च भत्काइसकिएको छ ।

    तत्कालिन पार्टी अध्यक्ष माओले पनि जनवादी सत्ताविरुद्ध सांस्कृतिक हमला भएको बताउँदै धार्मिक अखडाहरु भत्काउन आदेश दिएका थिए । अहिले पार्टी प्रमुख तथा राष्ट्रपति सी जिन पिङले पनि माओले जस्तै कदम उठाएको विश्लेषण गर्न थालिएको छ । कम्युनिस्ट देश भएका कारण धार्मिक स्वतन्त्रता भएपनि चर्चमार्फत पश्चिमा देशहरुले चिनियाँ संस्कृतिमाथि हस्तक्षेप बढाएको भन्दै डोजर र बम विस्फोट गराएर चिनियाँ सरकारले चर्चहरु भत्काउन सुरु गरेको हो ।

    यसैबीच चीनले कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनको सरकारी पत्रिका पिपुल्स डेलीले जनाएको छ ।

    यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने खबरमा उल्लेख गरिएको छ । यसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउन सक्नेछ भने चन्द्रमाको प्रकाश १० देखि ८० किलोमिटर परसम्म फ्याक्न पनि सक्नेछ । थुप्रै वैज्ञानिकले यो घोषणाले अचम्ममा परेको भन्दै यसलाई महत्वकांक्षी परियोजना भनेका छन् ।

    अहिलेसम्म यमे योजनाका बारेमा धेरै कुरा बाहिर आएका छैनन् । पिपुल्स डेलीले पहिलोपटक यो समाचार छेन्दु एरोस्पेश साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङ्को प्रतिक्रियाहरूलाई समेटेर प्रकाशित गरेको छ । वुका अनुसार केही वर्षदेखि प्रयोगहरू हुँदै आइरहेका छन् । यो प्रविधि अन्तिम चरणमा छ ।

    सन् २०२० सम्ममा व्यवहारिक रूपमा नै सम्भव देखिएको छ । सन् २०२२ भित्रमा तीनवटा ठूला स्याटेलाइट प्रक्षेपण गर्न सकिने उल्लेख गरिएको छ । कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । अहिलेसम्म प्रकाशित समाचारमा भने यसमा सरकारी सहायता छ की छैन भन्ने खुलाइएको छैन ।

    चाइना डेलीका अनुसार नक्कली चन्द्रमाले एक ऐना जसरी काम गर्छ । जहाँ सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । यो चन्द्रमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाई अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ । वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर टाढा रहेर परिक्रमा गर्छ । यसको प्रकाशले १० देखि ८० किलोमिटरसम्म समेट्छ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ ।

    इन्स्चिच्युटका अध्यक्ष वुका अनुसार यो चन्द्रमाको चमक र शुद्धतालाई नियन्त्रण गर्न सकिन्छ । हार्बिन इन्सिटिच्युट अफ टेक्नोलोजीका निर्देशक केग विमिनले पिपल्स डेलीसँग कुरा गर्दै नक्कली चन्द्रमाले प्रकृतिमा असर नगर्ने बताएका छन् ।

    तर, चीनको सामाजिक सञ्जालमा यस चन्द्रमाको बारेमा चर्चा र चिन्ता बढ्दै गइरहेको छ । चन्द्रमाको कारणले राति बिउँझै बस्ने जीवजन्तुलाई असर गर्ने बताएका छन् ।

    केही मानिसले भने चीनमा प्रकास प्रदुषणको समस्यालाई तप वृद्धि गर्ने बताएका छन् । इन्टरनेशनल डार्क स्काई एशोसिएसन पब्लिक पोलिसीका निर्देशक जन बैरेनटीनले फोब्र्ससँग चन्द्रमाका कारण रातको समयमा प्रकाश बढ्ने बताएका छन् । डा. सिरिओटीले पनि बीबीसीसँग भनेका छन् ‘नक्कली चन्द्रमाको प्रकाश अत्याधिक भएमा यसको असर प्रकृतिमा पर्नेछ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ