काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्रउ परेसँगै उनका विषयमा अन्के टिप्पणी भैरहेका छन् । ज’ब’र’ज’स्ती क’र’ण अभियोगमा महरा पक्राउ परेसँगै विप्लवले पत्र लेखेका हुन् । उनले आफू निशब्द भएको बताएका छन् । भद्र स्वभावले छुद्र कार्य कसरी कसरी गर्यो होला भनेर विप्लवले मान्नै गारो भएको बताएका छन् । जनयुद्धकालमा दिएको महराले एक जनासँग मात्रै प्रेम विवाह अनि यौनको स्कुलिङ दिने गरेको र पराय विवाहित महिलासँगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध मानिन्छ भन्दै प्रशिक्षण दिएको विप्लवले सम्झेका छन् । विप्लवले महराको आदर्श डगमगाएको समेत बताएका छन् । यस्तो छ उनको पत्र:
”प्रिय महरा सर, क्रान्तिको समरबाट अभिबादन । हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्दको एउटा आदर्श थियो, जहाँ केवल एकजना संग मात्रै प्रेम बिबाह अनि यौनको स्कुलिङ्ग दिन्थ्यो । अन्य पराय बिबाहित महिलासंगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।
सर तपाइको आदर्श आज डगमगाएको छ । तपाइको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् ! घर जलेको त्यो दिन एकपटक फेरी निसास्सिएको छ । जुनेलिरातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरी एकपटक सल्बलाएको छ । तर ढिला भैसकेको छ महरा सर ।
मलाई आज कामरेड भनेर सम्बोधन गर्ने गाह्रो भयो । मसंग सरको सम्बोधन बाहेक अरु केही रहेन । म क्षितिज पारि पर्खिरहेको परिवर्तनको उसा किरणसंगै छु । उज्यालो उसा किरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दै गर्दा सायद मेरो भौतिक शरीर जलेर उसासंगै नष्ट हुनसक्छ तर बिचार जिबित रहनेछ, म नभएर के भयो र ? आखिर बिचार त बाँचिरहनेछ । अँ साँच्ची संसदीय व्यवस्थाले तपाइको जिबन उदाङ्गो पारिदियो ।
कमजोरी तपाईबाट भयो होला तर त्यसको अन्तर्निहित कारक तत्व संसदीय ब्यबस्था हो । यो व्यवस्थाले अन्तर्निहित सुन्दरताको हरण गरेर देखावटी रुपको बिज्ञापन गर्छ । आदर्शको सत्यानास पारेर नैतिक हिनहरुको संगत गराईदिन्छ । किन कि संसदीय थलोमा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिन्छ । हो महरा सर त्यहि भएर आज तपाई आदर्शको चुलीबाट गर्ल्याम्म ढल्नु भएको हो । दोष त तपाइको थिएन, थियो त केवल त्यहि व्यबस्थाको थियो।
सर्बहाराले देखेको कुरा हो, हुस्किको चुस्कीले मात लगाउछ, मात लागेको मनले उत्तेजित बनाउछ । आखिर धन सम्पती न हो दम्भ देखाउछ । फोकटमा पाएको सुख सुबिधाले त झनै आदर्शको हिमशिखर बिलाई खल्बल्लिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किन्छ, अनि पोखिन्छ। हो त्यस्तै भएको हो तपाइको आदर्शको जिन्दगी, यो दोष पनि त्यहि पातकी संसदीय ब्यबस्था हो । कसैको घर उजाड बनायो, कसैको नैतिकता हरण गर्यो, कसैको उठिबास लगायो, यो सब ब्यबस्थाकै कारण हो ।
मैले यतिबेला सम्झिरहेको छु । चुनबाङ्ग बैठकपछि प्रचण्ड कामरेड र बैद्य कामरेडको बैचारिक धार विभाजन हुँदा तपाई मौन भएर दोसाँधमा उभिनुभएको थियो । नत प्रचण्डको बिचारमा तपाईको अडान थियो नत बैध्य कामरेडको बिचारमा थियो । तर अन्तत: तपाई प्रचण्ड कामरेडको संसदीय बाटो पकड्नुभयो । जसको फलस्वरूप आज इनाम पाउनुभयो, म निकै दुखि छु ।
मेरा युद्द्कालिन मित्र बादलले हत्कडी लगाएर आज हिरासत पठाए, त्यो उनले नुनको सोझो गर्ने कर्तब्य थियो । आशा गर्छु छानबिनपछि अडिक आदर्श सहित मेरा आदरणीय महरा सर फर्किनुहुनेछ र फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’ । क्रान्तिकारी अभिबादनसहित उही कमरेड विप्लव”
यो घटनालाई सम्बोधन गर्दै तत्कालीन नेकपा माओवादीमासँगै युद्ध लडेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले महरालाई सम्बोधन गर्दै पुराना तस्वीर राखेर सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चिठ्ठी लेखेका छन् । यस्तो छ भट्टराईले लेखेको पत्र ।
‘प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु!
माओवादी नेतृत्व तहमा हामी ( विशेषत: प्रचण्ड र म ) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं ! हामी वीच विवाद पर्दा तपाईं दुइ जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं! प्रचण्ड र मेरो वीचमा २०५५-५६ मा पहिलो ठुलो वैचारिक-सांगठनिक वहस हुँदा २०५६ साउन/भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुइजनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं! ( दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने वित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो!)
पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो! २०७१सालमा बोगटीजीको दु:खद निधन र पार्टीको क्रमश: ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्ण बनाउँदै लग्यो! कांग्रेस-एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए! तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक-राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ।यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ! माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो ? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला।
हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्याएकै हो।यसमा हामीले सामुहिक गर्व गर्नुपर्छ! तर रोजा लक्जेम्बर्गले भने झैं क्रान्ति स्थीर भएर बस्दैन; कि त त्यो अघि बढाइनु/बढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ।त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ! अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन्!
यहींनेर हामी चुक्यौं! मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ। तर मैले साथीहरूलाई मनाउन सकिनँ! साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन! त्यसैले अब क्रमश: साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ! तपाईं ( महराजी ) को पछिल्लो प्रकरण त्यसैको एउटा नमूना हो ! यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ! सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ! तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ! हामीले SLC मा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं! त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ! ]
यौुुु’न मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेवारे स्कूलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु – विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना। तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।। साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबा:। तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’
तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन!अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ! हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीड़ित हुने भए पनि कहिलेकाहिं पुरूष पनि उत्पीडन वा प्रतिशोध/षड्यन्त्रको जालमा पर्नसक्छ।
तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ। त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर कानून बमोजिम न्यायको निरूपण गर्न र आफुलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ! त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ! यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ।भनिन्छ- गल्ती गर्नु अपराध हैन; गल्ती नसच्याउनु अपराध हो!तपाईंको शुभेच्छुक, बाबुराम’
प्रचण्डको ग्रीन सिग्नलपछि यसरी पक्राउ परे महरा
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्नुअघि गृहमन्त्री रामबहादुर थापा बादलले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । प्रचण्डले ग्रीन सिग्नल दिएपछि गृहमन्त्री थापाले प्रहरीलाई महरालाई पक्राउ गर्न निर्देशन दिएको स्रोतले बतायो । प्रचण्डले महरा प्रकरणमा निर्धक्कसँग छानबिन गर्न गृहमन्त्री रामबहादुर थापाले भनेका थिए। अध्यक्ष प्रचण्डले बिहान गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर छानबिनमा पार्टीको तर्फबाट कुनै पनि दवाव नहुने विश्वास समेत दिलाएका थिए । प्रचण्डले सुरक्षा निकायले गरेको छानबिनलाई पार्टीले सघाउने पनि प्रतिवद्धता व्यक्त गरेका थिए। महरामाथि निष्पक्ष अनुसन्धान गरेर दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई अध्यक्ष प्रचण्डले भनेका थिए ।
त्यसपछि ब’ला’त्का’र आरोपित तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प’क्रा’उ गर्न आइतबार अपराह्न पौने ५ बजेतिर प्रहरी टोली बा१झ ७८६२ नम्बरको गाडी लिएर बालुवाटारस्थित सभामुख निवास पुगेको थियो। दुई जना प्रहरी गाडीबाट ओर्लेर सभामुखको गेट ढकढक्याउन थाले। भित्र गएर उनीहरूलाई पक्राउबारे महरालाई जानकारी गराए। त्यति बेला महरा आफन्तहरूलाई दसैं भोज खुवाउँदै थिए। ‘उहाँले आज अष्टमीको दिन भएर खसी पनि काट्नुभएको रहेछ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘प्रहरीहरू सभामुख निवासभित्र पुगेर पनि उहाँलाई पक्राउ गर्न ढिलाइ हुनुको कारण त्यहाँ चलिरहेको भोज पनि हो।’
दुई जना प्रहरी एक घन्टासम्म कुर्यो तर महराले भने आनाकानी गरिरहे । १ घण्टापछि प्रहरीको अर्को टोली त्यहाँ पुग्यो। त्यतिन्जेल निवासमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। गाडी चढ्ने बेलामा पनि महराले प्रहरी भ्यानमा निस्कन आनाकानी गरे। ‘म तपाईंहरूले ल्याएको गाडी चढदिनँ, आफ्नै गाडीमा प्रहरी कार्यालय जान्छु,’ पक्राउ बेला महराको भनाइ उद्धृत गर्दै एक प्रहरीले भने, ‘बरू मेरै गाडीमा प्रहरीलाई पनि राख्नुस्।’ गत सोमबार संसद सचिवालयकी एक कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएकी थिइन्। आरोप लागेपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिए। गत शुक्रबार तिनै महिलाले महराले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेर महरालाई पक्राउ गर्न कानुनी प्रक्रिया अघि बढाए।
आइतबार जिल्ला अदालत काठमाडौंले महरालाई पक्रन पक्राउ पुर्जी जारी गर्यो। त्यसको केही घन्टामै महरा प’क्रा’उ परे। महरालाई सिंहदरबार प्रहरी वृतमा राखिएको छ। त्यसअघि उनको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। बालुवाटारस्थित सभामुखको निवासबाट आइतबार साँझ पक्राउ गरे लगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको हो। सिंहदरबार प्रहरी वृत्तको हिरासतकक्ष अरु हिरासत कक्षबाट सुविधा सम्पन्न रहेपछि उनलाई त्यहाँ राखिएको प्रहरीले जनाएको छ। भिभिआइपी र भिआइपीहरू पक्राउ पर्दा पनि यसअघि त्यही राखिने गरिन्थ्यो। ‘अब महरालाई सिंहदरबार वृत्तमा राखेर बयान लिने काम हुन्छ’, प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धान पनि त्यही अनुसार अघि बढाउँछौं।’
प्रतिक्रिया