• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    1.1K
    SHARES



    काठमाडौँ । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा आइतबार प्रहरीले पक्राउ गरेका छन्। भेपमार्फत सुन तस्करीको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो।

    सीआईबीले जारी गरेको विज्ञप्तिमा महरालाई पक्राउ गरी अनुसन्धान भइरहेको पुष्टि गरिएको छ। उनी संलग्न रहेको भनिएको सुन तस्करी प्रकरणमा ब्युरोले लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो। यसअघि पनि महरालाई २०८० चैतमा प्रहरीले नियन्त्रणमा लिएर सोही प्रकरणमा अनुसन्धान गरेको थियो। केही दिनअघि उनलाई प्रहरीसमक्ष बयानका लागि पनि बोलाइएको थियो।

    सीआईबीका अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट ७३० थान इलेक्ट्रोनिक सिगरेट (भेप) भित्र लुकाइराखिएको सुन बरामद भएको थियो। अनुसन्धानका क्रममा उक्त सुन बिक्री गरी आपराधिक समूहले संगठित रूपमा आर्थिक लाभ लिएको प्रमाण फेला परेको जनाइएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्टोरमा रहेको, करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन बिक्री गर्दा अनियमितता भएको सीआईबीले जनाएको छ। उक्त अनियमिततामा भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायतको संलग्नता रहेको प्रमाण पनि भेटिएको बताइएको छ।

    महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाट पक्राउ गरिएको र अहिले थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ