• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदी भने घट्यो

    294
    SHARES



    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।

    महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ थियो।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ निर्धारण गरिएको छ।

    सुनको मूल्य बढ्दा चाँदी भने सस्तिएको छ। सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ