• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    कक्रोच जनता पार्टीका अभिजित दिपके सहित ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी

    155
    SHARES



    काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले अभिजित दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ ।

    सीजेपीले वक्तव्य जारी गर्दै शनिबार दिल्लीमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेको हो ।

    सीजेपीका अनुसार तीनै जना नेता मुम्बईबाट दिल्ली आएका थिए । त्यसै क्रममा अभिजित दीपके सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणमा आएका थिए ।

    त्यसपछि उनीहरूलाई हिरासतमा लिइएको पार्टीको दाबी छ । दिल्ली प्रहरीको कदमलाई सीजेपीले ‘तानाशाहीपूर्ण’ भन्दै तीनै जना नेताको तत्काल विना शर्त रिहाइको माग गरेको छ । ‘यो कारबाही मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रताको खुला उल्लंघन हो,’ सीजेपीले भनेको छ ।

    यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानूनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ