• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ओलीको चेतावनीपछि योगेशको प्रश्न : मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?

    468
    SHARES



    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वलाई प्रश्न गरे कारबाही भोग्न तयार हुनुपर्ने पार्टी निर्देशनलाई ‘मकै पर्व’सँग तुलना गर्दै नेतृत्वलाई कृष्णलाल अधिकारीहरू जन्मने चेतावनी दिएका छन् ।

    बुधबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सत्ता र शक्तिवालाहरू, आफै कानुनको धज्जी उडाउने, कानुन उल्लङ्घन गर्ने तर अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्ने गर्छन् भन्दै त्यसपछि कृष्णलाल अधिकारीहरू जन्मने बताएका हुन् ।

    भट्टराईले विम्बका रूपमा प्रश्न गर्दै नेतृत्वलाई भनेका छन्, ‘सत्ता र शक्तिवालाहरू,आफू कानुनको धज्जी उडाऊँछन, कानुन उल्लङ्घन गर्छन्, अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन्, तब कृष्णलाल अधिकारीहरू जन्मन्छन् र मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?’

    स्मरण रहोस् कृष्णलाल अधिकारीले लेखेको मकैको खेती नामक पुस्तक तत्कालीन राणा शासन ढाल्ने सुत्राधारका रूपमा चिनिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अपानी ३ जारी गर्दै पार्टी नेतृत्वमाथि प्रश्न वा आलोचना गरे कारबाही गर्ने चेतावनी दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ